Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

समाज विकासमा महिलाको भुमिका बिषयमा वक्तृत्वकला

spot_img
spot_img

वीरगंज । समाज विकासमा महिलाको भुमिका बिषयगत वक्तृत्वकला प्रतियोगिता बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । “सामाजिक न्याय र लैङ्गिक समानता दिगाे विकासकाे सुनिश्चिता” मुल नाराकाे साथ ११२ औं अन्तराष्ट्रिय महिला दिवसकाे अवसरमा आयाेजित प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

जिल्ला समन्वय समिति पर्साकाे सभाहलमा भएकाे प्रतियाेगितामा श्री सुरजी देवी माध्यमिक विद्यालय वीरगंजकी छात्रा मुस्कान कुशवाहा प्रथम, श्री त्रिजुद्ध माध्यमिक विद्यालय वीरगंजका छात्र कन्हैया साह द्वितिय र श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय पाेखरियाका छात्र आलाेक कुमार गुप्ता तृतिय भएका थिए ।

जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साकाे सहजीकरण, भिएसाे नेपालकाे सहयोग र दिव्य युवा क्लबको आयोजनामा किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम अन्तर्गत भएकाे प्रतियाेगितामा १४ विद्यालयका छात्र/छात्राहरुले भाग लिएका थिए ।

दिव्य युवा क्लबका कार्यकारी अधिकृत रामाकान्त पटेलको अध्यक्षता र जिल्ला समन्वय समिति पर्साकाे प्रमुख नेक महम्मद अंसारीकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगितामा वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्ण, दिव्य युवा क्लबका परियाेजना संयाेजक गणेश बहादुर ठकुरी, जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका कोषध्यक्ष सन्दिप साह लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतियाेगितामा हन्ड्रेस ग्रुपका संयाेजक विशेष कुमार साह, सदस्य ज्याेति साह, बाल क्लब समन्यवय संजाल पर्साकी उपाध्यक्ष मानसी साह, सचिव नितु यादव, सदस्य कृष कुर्मी, कमल साह,आलोक पटेल, सरोज पटेल, हरिओम यादव, कृष कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...