Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

महिला सशक्तिकरण विषयक वक्तृत्वकला प्रतीयोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । अन्तराष्ट्रीय नारी दिवसको अवसरमा म‌ंगलबार वीरगंजमा महिला सशक्तिकरण विषयक वक्तृत्वकला प्रतीयोगिता सम्पन्न भएको छ । हण्ड्रेड्स ग्रुपको आयाेजनामा वीरगंजस्थित बाल एकता इंगलिश बोर्डिङ्ग स्कुलमा भएकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

हण्ड्रेड्स ग्रुपका संयाेजक बिशेश साहको अध्यक्षततामा भएकाे प्रतियाेगितामा साबृन खातुन प्रथम, मुस्कान मण्डल द्वितिय र अपेक्षा चौधरी तृतिय भएका थिए ।

कार्यक्रमका अतिथीसहरु सुस्मा तिवारी द्विवेदी, डा. दिप्ति यादव, मुनि श्रीवास्तव, नेता बाबुराम कौशिक, पाेखरिया नगरपालिकाकी उम मेयर सल्मा खातुन लगायतकाले प्रतियाेताका विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

बालबालिकाहरुमा महिला प्रतिको सम्मानको भावना जगाउने उदेश्यले महिला दिवसकाे अवसरमा महिला विषयक वक्तृत्वकला प्रतियोगितामा आयाेजना गरिएकाे आयाेजक ग्रुपका संयाेजक साहले वताए । 

कार्यक्रममा ग्रुपका सदस्य बिक्की सर्राफ, आयुश राज बर्णवाल, सुशील पटेल, मधुरन्जन साह, राहुल पटेल, आकाश भगत माली, बिकाश गुप्ता, रितु मेहता, अनुराधा गुप्ता, नेहा साह, ज्योती साह, अपेक्षा मिश्रा लगायतकाे उपस्थित रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...