Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

घरेलु तथा साना उद्योग महासंघकाे महाधिवेशन वीरगंजमा हुने

spot_img
spot_img

बीरगंज । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन वीरगंजमा हुने भएकाे छ । आगामी फागुन २६ र २७ गते वीरगंज नगर सभा गृहमा हुने महाधिवेशन तथा सम्मेलनकाे सम्पूर्ण तयारी पूरा भएको जनाइएकाे छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशन तथा सम्मेलनकाे सम्पूर्ण तयारी पूरा भएको महासंघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीले जानकारी दिए ।

महाधिवेशन तथा सम्मेलनकाे प्रधानमन्त्री शेर बहादुर देउवाले फागुन २६ गते दिउँसो १ बजे वीरगंजकाे आदर्शनगरस्थित नगर सभा गृहमा उद्घाटन गर्ने कार्यक्रम रहेकाे अध्यक्ष गिरीले वताए ।

पत्रकार सम्मेलनमा २ लाख ७० हजार भन्दा बढीको हाराहारीमा रहेका घरेलु तथा साना उद्योगले झन्डै २७ लाख जनशक्तिलाई रोजगारी दिएको बताउँदै अध्यक्ष गिरीले ठूलो जनशक्तिको आधार स्तम्भ भएर पनि घरेलु तथा साना उद्योग सधैँ उपेक्षित रहेको दुखेसो पोखेका थिए ।

घरेलु तथा साना उद्योग महासङ्घमा अहिले देशका ३ सय २८ वटा पालिकामा पालिका सङ्घ, ७७ वटा जिल्लामा जिल्ला सङ्घ र ७ वटा प्रदेशमा प्रदेश सङ्घ रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थियाे ।

सङ्घमा ४० हजार लघु, घरेलु तथा साना उद्योगी सदस्य रहेको र १२ हजार महिला उद्यमीहरू महिला उद्यमी सञ्जालमा जोडिएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा महासङ्घकै इतिहासमा पहिलो पटक महाधिवेशन काठमाडौँ बाहिर वीरगंजमा हुन लागेको र यस महाधिवेशनले लघु, घरेलु तथा साना उद्योग र महिला उद्यमशीलताको क्षेत्रमा सुधार गर्नुपर्ने नीति, नियम र कानुनको बारेमा छलफल गरी ठोस निष्कर्षमा पुग्ने योजना रहेको अध्यक्ष गिरीले जानकारी दिए ।

महाअधिवेशनले तिन वटै तहका सरकारले घरेलु तथा साना उद्योगको क्षेत्रमा अवलम्बन गर्नुपर्ने सुधारका कार्यहरू र नीतिगत सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराउने र नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम रहेको गिरीले जानकारी गराए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा पर्साका अध्यक्ष हिरा कानुकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह, उपाध्यक्ष मुकेश उपाध्याय, महासंघका उपाध्यक्ष एवम् सुदुर पश्चिम प्रदेशका पूर्व राज्य मन्त्री प्रकाश रावल, महासंघका उपाध्यक्ष सुर्य बहादुर कंडेल, हरिहर थापा, महासंघका कर्णाली प्रदेश अध्यक्ष चन्द्र बहादुर वि.सि., काेषाध्यक्ष सत्यनारायण प्रजापति, केन्द्रि सदस्य एवम् बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष तारा चाैलागाई, महिला उद्यमी समितिका केन्द्रिय उपाध्यक्ष रिता रावल, बागमती प्रदेश अध्यक्ष सुलाेचना श्रेष्ठ लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...