Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

सभापतिमा निर्वाचित क्षेत्रीलाई प्रधानमन्त्रीद्वारा शुभकामना

spot_img
spot_img
वीरगंज । नेपाली कांग्रेस पर्साका सभापतिमा नवनिर्वाचित जनार्दन सिंह क्षेत्रीलाई प्रधानमन्त्री एवम् पार्टीका सभापति शेर बहादुर देउवाले बधाई तथा शुभकामना दिएका छन् ।
 
समाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवाले नव निर्वाचित जिल्ला सभापति क्षेत्रीलाई बधाई तथा सुभकामना दिएका हुन् । प्रधानमन्त्री देउवाद्वारा हस्ताक्षरित शुभकामना सन्देश लेखिएकाे कार्ड उनले समाजिक संजाल फेसबुकमा शेयर गरेका छन् ।
 
शुक्रबार पर्सा जिल्ला सभापति क्षेत्री निर्वाचित भएका थिए । कांग्रेसकाे १४ औं अधिवेशन अन्तर्गत बिहिबार भएकाे मतदानमा क्षेत्री एक हजार एक सय १० मत ल्याएर विजयी भएका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...