Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

कांग्रेस पर्साकाे सभापतिमा क्षेत्रीसहित पुरै प्यानल विजयी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साकाे जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्रीसहित उनकाे पुरै प्यानल विजयी भएकाे छ । कांग्रेसकाे १४ औं जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएकाे मतदानकाे साेमबार विहान आएकाे अन्तिम मतगणनाकाे नतिजा अनुसार संस्थापन पक्षका उम्मेदवार क्षेत्री ४ सय ६५ मतकाे अन्तरले विजयी भएका हुन् । 

क्षेत्रीले एक हजार एक सय १० मत प्राप्त गरेका छन् भने संस्थापन इतर पक्षका सभापतिका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत पाएका छन् । सभापतिमा निर्वाचित क्षेत्री तत्कालिन जिल्ला विकास समिति पर्साका पूर्व सभापति हुन् ।

उप सभापतिमा क्षेत्री प्यानल कै रामनारायण प्रसाद कुर्मी र अशाेक कुमार गुप्ता विजयी भएका छन् । कुर्मीले एक हजार २ सय ३५ मत र गुप्ताले एक हजार एक सय २ मत प्राप्त गरेका छन्  भने उप सभापतिका पटेल प्यानका उम्मेदवार डा. कृपा सिन्धु चाैधरीले ५ सय ८५ मत र राजु कुमार गुप्ताले ४ सय ८२ मत पाएका छन् ।

सचिवमा क्षेत्री प्यानल कै इम्तियाज आलम र दिनेश कुमार चाैधरी विजयी भएका छन् । आलमले एक हजार एक सय ७ मत र चाैधरीले एक हजार एक सय ५९ मत प्राप्त गरेर विजयी भएका छन् भने पटेल प्यानलका विश्वराज घिमिरे ४ सउ ६५ मत र विरेन्द्र यादवले ५ सय ९७ मत पाएका छन् । 

सह सचिवमा क्षेत्री प्यान कै नविन कुमार सिंह र मदन राउत अहिर विजयी भएका छन् । सिंहले सब भन्दा बढी एक हजार २ सय ५३ मत र अहिरले एक हजार एक सय ११ मत प्राप्त गरेका छन् भने पटेल प्यानका लुकमान अन्सारीले ४ सय ५१ र दिलिप राज कार्कीले ५ सय ८२ मत पाएका छन् ।  

क्षेत्री प्यानललाई संस्थापन पक्षका नेता पार्टीका केन्द्रिय सदस्यद्वय रमेश रिजाल, अजय चाैरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चाैधरी, नेता अनिल रुगंटा लगायतका नेताकाे समर्थन रहेकाे थियाे भने पटेल प्यानललाई संस्थापन इतर पक्षका नेता निर्वतमान जिल्ला सभापति अजय द्विवेदी, नेता राजेन्द्र बहादुर अमात्य लगायतका नेताहरुकाे समर्थन रहेकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...