Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कांग्रेस पर्साकाे सभापतिमा क्षेत्रीसहित पुरै प्यानल विजयी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साकाे जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्रीसहित उनकाे पुरै प्यानल विजयी भएकाे छ । कांग्रेसकाे १४ औं जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएकाे मतदानकाे साेमबार विहान आएकाे अन्तिम मतगणनाकाे नतिजा अनुसार संस्थापन पक्षका उम्मेदवार क्षेत्री ४ सय ६५ मतकाे अन्तरले विजयी भएका हुन् । 

क्षेत्रीले एक हजार एक सय १० मत प्राप्त गरेका छन् भने संस्थापन इतर पक्षका सभापतिका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत पाएका छन् । सभापतिमा निर्वाचित क्षेत्री तत्कालिन जिल्ला विकास समिति पर्साका पूर्व सभापति हुन् ।

उप सभापतिमा क्षेत्री प्यानल कै रामनारायण प्रसाद कुर्मी र अशाेक कुमार गुप्ता विजयी भएका छन् । कुर्मीले एक हजार २ सय ३५ मत र गुप्ताले एक हजार एक सय २ मत प्राप्त गरेका छन्  भने उप सभापतिका पटेल प्यानका उम्मेदवार डा. कृपा सिन्धु चाैधरीले ५ सय ८५ मत र राजु कुमार गुप्ताले ४ सय ८२ मत पाएका छन् ।

सचिवमा क्षेत्री प्यानल कै इम्तियाज आलम र दिनेश कुमार चाैधरी विजयी भएका छन् । आलमले एक हजार एक सय ७ मत र चाैधरीले एक हजार एक सय ५९ मत प्राप्त गरेर विजयी भएका छन् भने पटेल प्यानलका विश्वराज घिमिरे ४ सउ ६५ मत र विरेन्द्र यादवले ५ सय ९७ मत पाएका छन् । 

सह सचिवमा क्षेत्री प्यान कै नविन कुमार सिंह र मदन राउत अहिर विजयी भएका छन् । सिंहले सब भन्दा बढी एक हजार २ सय ५३ मत र अहिरले एक हजार एक सय ११ मत प्राप्त गरेका छन् भने पटेल प्यानका लुकमान अन्सारीले ४ सय ५१ र दिलिप राज कार्कीले ५ सय ८२ मत पाएका छन् ।  

क्षेत्री प्यानललाई संस्थापन पक्षका नेता पार्टीका केन्द्रिय सदस्यद्वय रमेश रिजाल, अजय चाैरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चाैधरी, नेता अनिल रुगंटा लगायतका नेताकाे समर्थन रहेकाे थियाे भने पटेल प्यानललाई संस्थापन इतर पक्षका नेता निर्वतमान जिल्ला सभापति अजय द्विवेदी, नेता राजेन्द्र बहादुर अमात्य लगायतका नेताहरुकाे समर्थन रहेकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...