Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पदाधिकारी तर्फकाे मतगणना जारी, क्षेत्री प्यानल अगाडी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साकाे १४ औं जिल्ला अधिवेशनमा बिहिबार भएकाे मतदानकाे मतगणना अहिले जारी छ । पदाधिकारी तर्फका जारी मतगणनामा शुक्रबार विहान ६ बजे सम्म एक हजार २ सय मत गन्दा सभापतिमा जनार्दन सिंह क्षेत्रीसहित उनकाे प्यानल अगाडी रहेकाे छ ।

संस्थापन पक्षका सभापतिका उम्मेदवार क्षेत्रीकाे ७२२ मत आएकाे छ भने संस्थापन इतर पक्षका सभापतिका उम्मेदवार श्याम पटेलकाे ४६६ मत आएकाे छ ।

वीरगंजकाे आदर्शनगरस्थित मतदानस्थल बाल मन्दिरमा चारै क्षेत्रकाे छुट्टा छुट्टै मतगणना जारी रहेकाे निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीले जानकारी दिए ।

सार्वजनिक क्षेत्र नं. ४ काे मगतगणना अनुसार ३०० मत गन्दा सभापतिमा क्षेत्रीकाे २२४ रहेकाे छ भने पटेलकाे ७३ मत आएकाे छ ।

यस्तै क्षेत्री प्यानलका उप सभापतिका उम्मेदवार रामनारायण कुर्मीकाे २३८, अशाेक कुमार गुप्ता २०९, सचिवमा इम्तियाज आलमकाे २३३, दिनेश कुमार चाैधरीकाे २१६, सह सचिवमा सब भन्दा बढी नविन सिंहकाे २४७ र मदन राउत अहिरकाे २१७ मत रहेकाे छ ।

यस्तै पटेल प्यानलका उप सभापतिका उम्मेदवार कृपा सिन्दु चाैधरीकाे ७७, राजु कुमार गुप्ताकाे ५९, सचिवमा विश्वराज घिमिरेकाे ६८,  विरेन्द्र यादवकाे ६६, सह सचिवमा लुकमान अंसारीकाे ४३ र दिलिप राज कार्कीकाे ६३ मत रहेकाे छ । 

क्षेत्र नं. ४ मा जम्मा रहेकाे ५ सय १५ मतदाता मध्ये ५ सय ६ मत खसेकाे छ भने जिल्ला भरीमा जम्मा रहेकाे एक हजार ८ सय २० मतदाता मध्ये एक हजार ७ सय ७८ मत खसेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...