Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पदाधिकारी तर्फकाे मतगणना जारी, क्षेत्री प्यानल अगाडी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साकाे १४ औं जिल्ला अधिवेशनमा बिहिबार भएकाे मतदानकाे मतगणना अहिले जारी छ । पदाधिकारी तर्फका जारी मतगणनामा शुक्रबार विहान ६ बजे सम्म एक हजार २ सय मत गन्दा सभापतिमा जनार्दन सिंह क्षेत्रीसहित उनकाे प्यानल अगाडी रहेकाे छ ।

संस्थापन पक्षका सभापतिका उम्मेदवार क्षेत्रीकाे ७२२ मत आएकाे छ भने संस्थापन इतर पक्षका सभापतिका उम्मेदवार श्याम पटेलकाे ४६६ मत आएकाे छ ।

वीरगंजकाे आदर्शनगरस्थित मतदानस्थल बाल मन्दिरमा चारै क्षेत्रकाे छुट्टा छुट्टै मतगणना जारी रहेकाे निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीले जानकारी दिए ।

सार्वजनिक क्षेत्र नं. ४ काे मगतगणना अनुसार ३०० मत गन्दा सभापतिमा क्षेत्रीकाे २२४ रहेकाे छ भने पटेलकाे ७३ मत आएकाे छ ।

यस्तै क्षेत्री प्यानलका उप सभापतिका उम्मेदवार रामनारायण कुर्मीकाे २३८, अशाेक कुमार गुप्ता २०९, सचिवमा इम्तियाज आलमकाे २३३, दिनेश कुमार चाैधरीकाे २१६, सह सचिवमा सब भन्दा बढी नविन सिंहकाे २४७ र मदन राउत अहिरकाे २१७ मत रहेकाे छ ।

यस्तै पटेल प्यानलका उप सभापतिका उम्मेदवार कृपा सिन्दु चाैधरीकाे ७७, राजु कुमार गुप्ताकाे ५९, सचिवमा विश्वराज घिमिरेकाे ६८,  विरेन्द्र यादवकाे ६६, सह सचिवमा लुकमान अंसारीकाे ४३ र दिलिप राज कार्कीकाे ६३ मत रहेकाे छ । 

क्षेत्र नं. ४ मा जम्मा रहेकाे ५ सय १५ मतदाता मध्ये ५ सय ६ मत खसेकाे छ भने जिल्ला भरीमा जम्मा रहेकाे एक हजार ८ सय २० मतदाता मध्ये एक हजार ७ सय ७८ मत खसेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...