Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

कांग्रेस पर्साकाे अधिवेशनमा मतदान सम्पन्न, मतगणना सुरु हुँदै

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साकाे १४ औं जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएकाे मतदान सम्पन्न भएकाे छ । जिल्ला कार्य समिति चयनकाे लागि वीरगंजकाे आदर्शनगरस्थित बाल मन्दिरमा भएकाे मतदानमा कुल एक हजार ८ सय २० मत मध्ये एक हजार ७ सय ७८ मत खसेकाे छ ।

पर्सा निर्वाचन क्षेत्र नं. १ मा रहेकाे ३ सय ३६ मतदाता मध्ये ३ सय ३२ मत, क्षेत्र नं. २ मा रहेकाे ४ सय ३४ मतदाता मध्ये ४ सय २४ मत, क्षेत्र नं. ३ मा रहेकाे ५ सय ३५ मतदाता मध्ये ५ सय १६ मत र क्षेत्र नं. ४ मा रहेकाे ५ सय १५ मतदाता मध्ये ५ सय ६ मत खसेकाे निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीले जानकारी दिए ।

विहान १० बजेदेखी हुन भनिएकाे मतदान दिउसाे एक बजे सुरु भएकाे थियाे । सांझ ७:३० बजे मतदान सम्पन्न भएकाे थियाे । मतगणना ११ बजे सुरु हुन भनिए पनि अहिले सम्म सुरु हुन सकेकाे छैन् । अब केही बेर मै पदाधिकारी तर्फकाे मतगणना सुरु गर्ने तयारी थालिएकाे निर्वाचन समितिले जनाएकाे छ ।

संस्थापन पक्षबाट जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री र संस्थापन इतर पक्षबाट सभापतिमा श्याम पटेल प्यानलसहित उम्मेदवार छन् । दुबै प्यानल बिच कडा प्रतिस्पर्धा रहेकाे मतदाताहरुले वताएका छन् भने दुबै सभापतिका उम्मेदवारहरुले आफ्नाे जित निश्चित रहेकाे दाबी गरेका छन् ।    

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...