Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

कांग्रेस पर्साकाे अधिवेशनमा मतदान सम्पन्न, मतगणना सुरु हुँदै

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साकाे १४ औं जिल्ला अधिवेशन अन्तर्गत बिहिबार भएकाे मतदान सम्पन्न भएकाे छ । जिल्ला कार्य समिति चयनकाे लागि वीरगंजकाे आदर्शनगरस्थित बाल मन्दिरमा भएकाे मतदानमा कुल एक हजार ८ सय २० मत मध्ये एक हजार ७ सय ७८ मत खसेकाे छ ।

पर्सा निर्वाचन क्षेत्र नं. १ मा रहेकाे ३ सय ३६ मतदाता मध्ये ३ सय ३२ मत, क्षेत्र नं. २ मा रहेकाे ४ सय ३४ मतदाता मध्ये ४ सय २४ मत, क्षेत्र नं. ३ मा रहेकाे ५ सय ३५ मतदाता मध्ये ५ सय १६ मत र क्षेत्र नं. ४ मा रहेकाे ५ सय १५ मतदाता मध्ये ५ सय ६ मत खसेकाे निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीले जानकारी दिए ।

विहान १० बजेदेखी हुन भनिएकाे मतदान दिउसाे एक बजे सुरु भएकाे थियाे । सांझ ७:३० बजे मतदान सम्पन्न भएकाे थियाे । मतगणना ११ बजे सुरु हुन भनिए पनि अहिले सम्म सुरु हुन सकेकाे छैन् । अब केही बेर मै पदाधिकारी तर्फकाे मतगणना सुरु गर्ने तयारी थालिएकाे निर्वाचन समितिले जनाएकाे छ ।

संस्थापन पक्षबाट जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्री र संस्थापन इतर पक्षबाट सभापतिमा श्याम पटेल प्यानलसहित उम्मेदवार छन् । दुबै प्यानल बिच कडा प्रतिस्पर्धा रहेकाे मतदाताहरुले वताएका छन् भने दुबै सभापतिका उम्मेदवारहरुले आफ्नाे जित निश्चित रहेकाे दाबी गरेका छन् ।    

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...