Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

कांग्रेस पर्साकाे अधिवेशनमा रिजाल पक्षका ५ जना उम्मेदवार निर्विराेध

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साकाे अधिवेशनमा संस्थापन पक्षका आधा दर्जन उम्मेदवार निर्विराेध निर्वाचित भएका छन् । कांग्रेसकाे १४ औं अधिवेशन अन्तर्गत जिल्ला कार्य समिति चयनकाे लागि बिहिबार हुन लागेकाे निर्वाचनमा पालिकाकाे कलष्टरबाट ६ जना जिल्ला सदस्यकाे उम्मेदवार निर्विराेध निर्वाचित भएका हुन् । 

पर्सा क्षेत्र नं. ४ अन्तर्गत पर्ने जगरनाथपुर गाउँपालिकाबाट जिल्ला सदस्यका उम्मेदवार भएका प्रेम बहादुर थापा र महापतिया दुसादिन निर्विराेध निर्वाचित भएका छन् । उम्मेदवारकाे अन्तिम नमावली प्रकाशनमा जगरनाथपुर गाउँपालिकाबाट एक जना महिला र एक जना पुरुष जिल्ला सदस्यकाे लागि दुई जनाकाे मात्र उम्मेदवारी परेपछि दुबै जना निर्विराेध निर्वाचित भएका हुन् ।  

यस्तै, जिल्ला सदस्य मै क्षेत्र नं. ४ कै धाेबिनी गाउँपालिकाकी उर्मिला देवी कुर्मीन, छिपहरमाई गाउँपालिकाकी मिना देवी सुनार, जिराभवानी गाउँपालिकाकी रुना देवी मुसहेरिन र निर्वाचन क्षेत्र नं. ३ काे पटेर्वा सुगाैली गाउँपालिकाकी मानमती देवी थरुनी निर्विराेध निर्वाचित भएका छन् ।

यी गाउँपालिकाहरुबाट महिला कलष्टरमा एक सिटकाे एक/एक जनाकाे मात्र उम्मेदवारी परेपछि निर्विराेध निर्वाचित भएका हुन् ।

निर्विराेध निर्वाचित हुनेहरुमा एक पुरुष जिल्ला सदस्य र ४ जना महिला जिल्ला सदस्य संस्थापन पक्षका नेता रमेश रिजाल निकटका हुन् भने एक जना महिला सदस्य संस्थापन पक्ष कै नेता सुरेन्द्र चाैधरी निकटका हुन् । 

यता पर्सा जिल्लाका ४ निर्वाचन क्षेत्रका १४ वटा स्थानीय तहमध्ये अधिकतममा यसअघि सम्पन्न अधिवेशनबाट संस्थापन पक्षले जित हासिल गरेको छ । वीरगञ्ज महानगरपालिकामा मात्रै संस्थापन इतर पक्षले सफलता प्राप्त गरेको छ ।

जिल्ला सभापति पदका लागि संस्थापन पक्षबाट जनार्दन सिँह क्षेत्री र संस्थापन इतर पक्षबाट निवर्तमान सचिव श्याम पटेलले उम्मेदवारी दिएका छन् । तत्कालिन जिल्ला विकास समितीका सभापतिसमेत रहेका क्षेत्री गत अधिवेशनमा जिल्ला सभापति अजय द्विवेदीसँग १ सय ९५ मतले पराजित भएका थिए । 

संस्थापन पक्षका केन्द्रिय सदस्यद्वय रमेश रिजाल र अजय चौरसियासँगै पूर्व सभापति एवम् पूर्व मन्त्री सुरेन्द्र चौधरीले क्षेत्रलीई साथ दिएका छन् भने पटेललाई संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य र निवर्तमान सभापति अजय द्विवेदीले साथ दिएका छन् ।

७ जना पदाधिकारी सहित ६८ सदस्यीय जिल्ला कार्य समितिको प्रतिस्पर्धाका लागि १ हजार ८ सय मतदाता रहेको निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए । 

अधिकतम स्थानीय तहहरुको अधिवेशनमा अजय चौरसिया, रमेश रिजाल र सुरेन्द्र चौधरीले सर्वसहमतिबाट नेतृत्व चयन गर्न सफल भएका छन् । जिल्ला नेतृत्वका लागि सुरुमा त्रिपक्षीय प्रतिस्पर्धा हुने चर्चा चलेपनि संस्थापन पक्षका नेताहरुले सभापति पदका अर्का उम्मेदवार रामनारायण कुर्मीलाई उपसभापतिमा लड्न कन्भिन्स गराए । यसले गर्दा रामनारायण कुर्मीको पक्षमा रहेका कार्यकर्ता पनि अहिले जनार्दन सिँह क्षेत्रीलाई समर्थन गर्दा संस्थापन इतर पक्ष झन कमजोर भएको छ । संस्थापन पक्ष बलियो देखिनुको एउटा आधार यसलाई पनि मान्न सकिन्छ । 

क्षेत्रीको प्यानलबाट जिल्ला उपसभापतिमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलम र सहसचिवमा नविन सिँह र मदन प्रसाद यादवको उम्मेदवारी परेको छ । 

पटेलको प्यानलबाट उपसभापतिमा राजु गुप्ता र डाक्टर कृपासिन्धु चौधरी, सचिवमा विश्वराज घिमिरे र वीरेन्द्र यादव र सहसचिवमा दिलिपराज कार्की र रुक्मान अन्सारीले उम्मेदवारी दिएका छन् ।

भोली बिहान १० बजेदेखि वीरगञ्जस्थित बालमन्दिर परिसरमा नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...