Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कांग्रेस पर्साकाे अधिवेशनमा रिजाल पक्षका ५ जना उम्मेदवार निर्विराेध

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साकाे अधिवेशनमा संस्थापन पक्षका आधा दर्जन उम्मेदवार निर्विराेध निर्वाचित भएका छन् । कांग्रेसकाे १४ औं अधिवेशन अन्तर्गत जिल्ला कार्य समिति चयनकाे लागि बिहिबार हुन लागेकाे निर्वाचनमा पालिकाकाे कलष्टरबाट ६ जना जिल्ला सदस्यकाे उम्मेदवार निर्विराेध निर्वाचित भएका हुन् । 

पर्सा क्षेत्र नं. ४ अन्तर्गत पर्ने जगरनाथपुर गाउँपालिकाबाट जिल्ला सदस्यका उम्मेदवार भएका प्रेम बहादुर थापा र महापतिया दुसादिन निर्विराेध निर्वाचित भएका छन् । उम्मेदवारकाे अन्तिम नमावली प्रकाशनमा जगरनाथपुर गाउँपालिकाबाट एक जना महिला र एक जना पुरुष जिल्ला सदस्यकाे लागि दुई जनाकाे मात्र उम्मेदवारी परेपछि दुबै जना निर्विराेध निर्वाचित भएका हुन् ।  

यस्तै, जिल्ला सदस्य मै क्षेत्र नं. ४ कै धाेबिनी गाउँपालिकाकी उर्मिला देवी कुर्मीन, छिपहरमाई गाउँपालिकाकी मिना देवी सुनार, जिराभवानी गाउँपालिकाकी रुना देवी मुसहेरिन र निर्वाचन क्षेत्र नं. ३ काे पटेर्वा सुगाैली गाउँपालिकाकी मानमती देवी थरुनी निर्विराेध निर्वाचित भएका छन् ।

यी गाउँपालिकाहरुबाट महिला कलष्टरमा एक सिटकाे एक/एक जनाकाे मात्र उम्मेदवारी परेपछि निर्विराेध निर्वाचित भएका हुन् ।

निर्विराेध निर्वाचित हुनेहरुमा एक पुरुष जिल्ला सदस्य र ४ जना महिला जिल्ला सदस्य संस्थापन पक्षका नेता रमेश रिजाल निकटका हुन् भने एक जना महिला सदस्य संस्थापन पक्ष कै नेता सुरेन्द्र चाैधरी निकटका हुन् । 

यता पर्सा जिल्लाका ४ निर्वाचन क्षेत्रका १४ वटा स्थानीय तहमध्ये अधिकतममा यसअघि सम्पन्न अधिवेशनबाट संस्थापन पक्षले जित हासिल गरेको छ । वीरगञ्ज महानगरपालिकामा मात्रै संस्थापन इतर पक्षले सफलता प्राप्त गरेको छ ।

जिल्ला सभापति पदका लागि संस्थापन पक्षबाट जनार्दन सिँह क्षेत्री र संस्थापन इतर पक्षबाट निवर्तमान सचिव श्याम पटेलले उम्मेदवारी दिएका छन् । तत्कालिन जिल्ला विकास समितीका सभापतिसमेत रहेका क्षेत्री गत अधिवेशनमा जिल्ला सभापति अजय द्विवेदीसँग १ सय ९५ मतले पराजित भएका थिए । 

संस्थापन पक्षका केन्द्रिय सदस्यद्वय रमेश रिजाल र अजय चौरसियासँगै पूर्व सभापति एवम् पूर्व मन्त्री सुरेन्द्र चौधरीले क्षेत्रलीई साथ दिएका छन् भने पटेललाई संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य र निवर्तमान सभापति अजय द्विवेदीले साथ दिएका छन् ।

७ जना पदाधिकारी सहित ६८ सदस्यीय जिल्ला कार्य समितिको प्रतिस्पर्धाका लागि १ हजार ८ सय मतदाता रहेको निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए । 

अधिकतम स्थानीय तहहरुको अधिवेशनमा अजय चौरसिया, रमेश रिजाल र सुरेन्द्र चौधरीले सर्वसहमतिबाट नेतृत्व चयन गर्न सफल भएका छन् । जिल्ला नेतृत्वका लागि सुरुमा त्रिपक्षीय प्रतिस्पर्धा हुने चर्चा चलेपनि संस्थापन पक्षका नेताहरुले सभापति पदका अर्का उम्मेदवार रामनारायण कुर्मीलाई उपसभापतिमा लड्न कन्भिन्स गराए । यसले गर्दा रामनारायण कुर्मीको पक्षमा रहेका कार्यकर्ता पनि अहिले जनार्दन सिँह क्षेत्रीलाई समर्थन गर्दा संस्थापन इतर पक्ष झन कमजोर भएको छ । संस्थापन पक्ष बलियो देखिनुको एउटा आधार यसलाई पनि मान्न सकिन्छ । 

क्षेत्रीको प्यानलबाट जिल्ला उपसभापतिमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलम र सहसचिवमा नविन सिँह र मदन प्रसाद यादवको उम्मेदवारी परेको छ । 

पटेलको प्यानलबाट उपसभापतिमा राजु गुप्ता र डाक्टर कृपासिन्धु चौधरी, सचिवमा विश्वराज घिमिरे र वीरेन्द्र यादव र सहसचिवमा दिलिपराज कार्की र रुक्मान अन्सारीले उम्मेदवारी दिएका छन् ।

भोली बिहान १० बजेदेखि वीरगञ्जस्थित बालमन्दिर परिसरमा नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...