Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सा कांग्रेसको अधिवेशनमा गलत प्रोपोगन्डा उठाएको आरोप

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसको पर्सा जिल्ला अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत नरेन्द्र केसीले जिल्ला कार्यसमितिका लागि जारी चुनावी प्रक्रिया निष्पक्ष र पारदर्शी रुपमा भईरहेको दाबी गरेका छन् ।

मनोनयन दर्ताको समय सकिएपछि समेत उम्मेदवारको नाम दर्ता गरेको भन्ने आरोप शतप्रतिशत गलत र न.निर्वाचन प्रक्रिया प्रभावित बनाउने चालबाजी मात्र भएको पनि अधिकृत केसीको भनाइ छ ।

संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता अनिल रुंगटाको दबाबमा केसीले समय सकिएपछि पनि मुस्लिम कोटातर्फ हबिब मियाँको नाम दर्ता गरेको विरोधीहरुको आरोप छ । मियाँ जर्नादन सिंह क्षेत्रीको प्यानलमा छन् । मियाँको नाम थपिएकोमा श्याम पटेलको प्यानलले आपति जनाएको हो ।

निर्वाचन अधिकृत केसीका अनुसार सुरुमा उम्मेदवारहरुको सूची प्रकाशित गर्दा मियाँको नाम छुट्न गएको थियो । उम्मेदवारहरुको सूची तयार पार्ने क्रममा प्राविधीक कमजोरीबस मियाँको नाम छुटेपछि अर्कोपटक थप्नुपरेको केसीको दाबी छ ।

सामान्य प्राविधिक कमजोरीको विषयलाई ठूलै मुद्दा बनाएर जथाभावी आरोप लगाइनु दुखद भएको पनि निर्वाचन अधिकृत केसीको गुनासो छ । यस प्रकरणमा क्षेत्री समर्थक हरुले हार्ने थालेपछि अर्को पक्षले अनावश्यक प्रोपोगन्डा फैलिएको आरोप लगाएका छन ।

पराजित मानसिकता भएकाहरुले नियमित र सामान्य निर्वाचन प्रक्रियालाई गलत तरिकाले उछालेर पार्टीकै बदनाम गर्न खोजेको आरोप पनि उनीहरूले लगाएका छन् ।

केसीले पर्सा जिल्ला अधिवेशन सफलतापूर्वक गराउने आफ्नो जिम्मेवारीबहनमा कुनै कसर बाँकी नराखेको पनि दाबी गरेका छन् ।

केसीले निर्वाचनका बाँकी प्रक्रिया निर्धारित तालिका अनुसार नै हुने पनि जानकारी दिए । नेता रुंगटाले पनि उम्मेदवारी दर्ता प्रक्रियामा आफूलाई अनावश्यक रुपमा जोडेको सुन्दा दुख व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...