Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्सा कांग्रेसको अधिवेशनमा गलत प्रोपोगन्डा उठाएको आरोप

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसको पर्सा जिल्ला अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत नरेन्द्र केसीले जिल्ला कार्यसमितिका लागि जारी चुनावी प्रक्रिया निष्पक्ष र पारदर्शी रुपमा भईरहेको दाबी गरेका छन् ।

मनोनयन दर्ताको समय सकिएपछि समेत उम्मेदवारको नाम दर्ता गरेको भन्ने आरोप शतप्रतिशत गलत र न.निर्वाचन प्रक्रिया प्रभावित बनाउने चालबाजी मात्र भएको पनि अधिकृत केसीको भनाइ छ ।

संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता अनिल रुंगटाको दबाबमा केसीले समय सकिएपछि पनि मुस्लिम कोटातर्फ हबिब मियाँको नाम दर्ता गरेको विरोधीहरुको आरोप छ । मियाँ जर्नादन सिंह क्षेत्रीको प्यानलमा छन् । मियाँको नाम थपिएकोमा श्याम पटेलको प्यानलले आपति जनाएको हो ।

निर्वाचन अधिकृत केसीका अनुसार सुरुमा उम्मेदवारहरुको सूची प्रकाशित गर्दा मियाँको नाम छुट्न गएको थियो । उम्मेदवारहरुको सूची तयार पार्ने क्रममा प्राविधीक कमजोरीबस मियाँको नाम छुटेपछि अर्कोपटक थप्नुपरेको केसीको दाबी छ ।

सामान्य प्राविधिक कमजोरीको विषयलाई ठूलै मुद्दा बनाएर जथाभावी आरोप लगाइनु दुखद भएको पनि निर्वाचन अधिकृत केसीको गुनासो छ । यस प्रकरणमा क्षेत्री समर्थक हरुले हार्ने थालेपछि अर्को पक्षले अनावश्यक प्रोपोगन्डा फैलिएको आरोप लगाएका छन ।

पराजित मानसिकता भएकाहरुले नियमित र सामान्य निर्वाचन प्रक्रियालाई गलत तरिकाले उछालेर पार्टीकै बदनाम गर्न खोजेको आरोप पनि उनीहरूले लगाएका छन् ।

केसीले पर्सा जिल्ला अधिवेशन सफलतापूर्वक गराउने आफ्नो जिम्मेवारीबहनमा कुनै कसर बाँकी नराखेको पनि दाबी गरेका छन् ।

केसीले निर्वाचनका बाँकी प्रक्रिया निर्धारित तालिका अनुसार नै हुने पनि जानकारी दिए । नेता रुंगटाले पनि उम्मेदवारी दर्ता प्रक्रियामा आफूलाई अनावश्यक रुपमा जोडेको सुन्दा दुख व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...