Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वडा स्तरिय क्रिकेट प्रतियाेगितामा पिपरा टोल बिजयी

spot_img
spot_img

परवानीपुर । किङ्ग स्पोर्ट सेन्टर वीरगंज पर्साको आयोजनामा चलिरहेको नक आउट वडा स्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा वीरगंज महानगरपालिकाकाे वडा नं. १४ पिपरा टोल बिजयी भएको छ । 

पिपराले टस जीतेर फिलडिङ्ग राजेपछी वीरगंज महानगरपालिकाकाे वडा नं ५ कुम्हालटोलले १८ ओभरमा अल आउट हुँदै ८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्यसपछि जपाफी ब्याटीङ्गमा उत्रेको पिपराले १० ओभर खेल्दै मात्र २ विकेटको क्षतिमा सानदार जीत हासिल गरेको थियाे ।

खेलको मयान अभ दी म्याच पिपराका साजन पटेल घोसित भएका थिए । उनले उत्कृष्ट बलीङ्ग प्रदर्शन गर्दै ४ ओभरमा १७ रन दिएर महत्वपूर्ण ३ विकेट लिएका थिए ।

यसैगरी अर्का खेलाडी नाजीर हुसेनले राम्रो खेल प्रदर्शन गरे वापत टिमका ब्यवस्थापक सत्रुधन पटेलले उनलाई नगद रु ५०० रुपैयाको पुरस्कारबाट सम्मानित गरेका थिए ।

जारी रहेको प्रतियोगितामा २० वटा टीमको सहभागिता रहेको छ भने उक्त प्रतियोगिता शनिबारसम्म चल्ने आयोजक कमिटीका जहुर अंसारीले जानकारी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...