Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

मधानी महाेत्सवमा खेसारी लाल र रानी चटर्जीकाे प्रस्तुती

spot_img
spot_img

वीरग‌ंज । रौतहटको मौलापुर नगरपालिका वडा नं. ५, पतौरामा आयाेजित मधानी महाेत्सवमा मंगलबार नेपाल र भारतका प्रसिद्ध कलाकारहरुले प्रस्तुती दिएका छन् ।

पताैरास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा आयाेजित महाेत्सवमा नेपाली  महानायक राजेश हमालसहित भोजपुरी सिने सुपरस्टारद्वय खेशारीलाल यादव, रानी चटर्जी लगायत विभिन्न विद्याका चर्चित एवं सुप्रसिद्ध अन्य दर्जनौं कलाकारहरुले प्रस्तुति दिएका थिए ।

ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वको प्राचीन शिव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने लक्ष्य एवं दृढसंकल्पका साथ मौलापुर नगरपालिकाले विगत ३ बर्षदेखी महाेत्सव आयाेजना गर्दै आएकाे पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता प्रभु साहले वताए ।

महाेत्सवले पुरातात्विक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा प्रबर्द्धन गरी यस धर्तीको मानसम्मान, प्रतिष्ठा, गौरव एवं गरिमामा उल्लेख्य बढोत्तरी हुने विश्वास उनले व्यक्त गरे ।

माैलापुर नगरपालिकाले आयाेजना गरेकाे महाेत्सवमा दर्शकहरुको भिड नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मेहमे भएको थियो । दर्शकहरु बिच तनाव उत्पन भए पनि स्टेजबाटै भारत बिहारका चर्चित भोजपुरी नायक केसारीलालले शान्ति बनाई राख्न अपिल गरी रहेका थिए । अवस्था उग्र भए पनि उनले यसरी गरे नेपालमै भारतिय कलाकार नआउने भन्दै दर्शकहरुलाई शान्त रहन अनुरोध गरेका थिए ।

कार्यक्रम स्थलमा दर्शकको भिड यती रहेको थियो कि थुपै दर्शकहरु कार्यक्रम स्थलमा पुग्नै सकेन् । भने कतिपयले एलइडी एवं अनलाइनमै कार्यक्रम हेरेर चित बुझाएका थिए ।

कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिए पनि पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता टाेक बहादुर रायमाझीले गरेका थिए । कार्यक्रम माैलापुर नगरपालिकाकी मेयर रिना साहकाे अध्यक्षतामा भएकाे थियाे ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...