Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कांग्रेस पर्साकाे सभापतिमा प्यानलसहित दुई जनाकाे उम्मेदवारी

spot_img
spot_img

वीरगंज । नेपाली काङग्रेसको पर्सा जिल्ला सभापतिका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षबाट जनार्दन सिंह क्षेत्री र संस्थापन इतर पक्षबाट श्याम पटेलले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका हुन् ।

क्षेत्रीको प्यानलबाट जिल्ला उप सभापतिमा रामनारायण प्रसाद कुर्मी, अशोक कुमार गुप्ता, सचिवमा दिनेश चौधरी, इम्तियाज आलम, सह सचिवमा नविन सिंह र मदन प्रसाद यादवको उम्मेदवारी परेको छ । 

पटेलको प्यानलबाट उपसभापतिमा राजु गुप्ता, डाक्टर कृपासिन्धु चौधरी, सचिवमा विश्वराज घिमिरे, वीरेन्द्र यादव, सह सचिवमा दिलिपराज कार्की र रुक्मान अन्सारीले उम्मेदवारी दिएका छन् ।

संस्थापन पक्षकाे सभापतिका उम्मेदवार क्षेत्री तत्कालीन जिल्ला विकास समितिका पूर्व सभापति हुन् भने संस्थापन इतर पक्षकाे सभापतिका उम्मेदवार पटेल कांग्रेस पर्साका निवर्तमान जिल्ला सचिव हुन् ।

क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसीया र पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चाैधरीकाे समर्थन रहेको छ । पटेललाई संस्थापन इतर पक्षका काँग्रेस निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन रहेको छ । 

७ पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि फागुन १९ गते मतदान हुने छ । कांग्रेस पर्साको १४ औं जिल्ला अधिवेशन अन्तर्गत बिहिबार वीरगंजकाे आदर्शनगरस्थित बाल मन्दिरमा हुने चुनावमा १ हजार ८ सय ३ मतदाता रहेको कांग्रेसका जिल्ला निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...