Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

कांग्रेस पर्साकाे सभापतिमा प्यानलसहित दुई जनाकाे उम्मेदवारी

spot_img
spot_img

वीरगंज । नेपाली काङग्रेसको पर्सा जिल्ला सभापतिका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षबाट जनार्दन सिंह क्षेत्री र संस्थापन इतर पक्षबाट श्याम पटेलले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका हुन् ।

क्षेत्रीको प्यानलबाट जिल्ला उप सभापतिमा रामनारायण प्रसाद कुर्मी, अशोक कुमार गुप्ता, सचिवमा दिनेश चौधरी, इम्तियाज आलम, सह सचिवमा नविन सिंह र मदन प्रसाद यादवको उम्मेदवारी परेको छ । 

पटेलको प्यानलबाट उपसभापतिमा राजु गुप्ता, डाक्टर कृपासिन्धु चौधरी, सचिवमा विश्वराज घिमिरे, वीरेन्द्र यादव, सह सचिवमा दिलिपराज कार्की र रुक्मान अन्सारीले उम्मेदवारी दिएका छन् ।

संस्थापन पक्षकाे सभापतिका उम्मेदवार क्षेत्री तत्कालीन जिल्ला विकास समितिका पूर्व सभापति हुन् भने संस्थापन इतर पक्षकाे सभापतिका उम्मेदवार पटेल कांग्रेस पर्साका निवर्तमान जिल्ला सचिव हुन् ।

क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसीया र पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चाैधरीकाे समर्थन रहेको छ । पटेललाई संस्थापन इतर पक्षका काँग्रेस निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन रहेको छ । 

७ पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि फागुन १९ गते मतदान हुने छ । कांग्रेस पर्साको १४ औं जिल्ला अधिवेशन अन्तर्गत बिहिबार वीरगंजकाे आदर्शनगरस्थित बाल मन्दिरमा हुने चुनावमा १ हजार ८ सय ३ मतदाता रहेको कांग्रेसका जिल्ला निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...