Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

लोपउन्मुख धागड समुदायको संस्कृति प्रवर्धन अभियान शुरु

spot_img
spot_img

वीरगंज । लोपउन्मुख जातिको रुपमा सुचिकृत तराईमा बसोवास गर्ने धागड जातिको धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्न वीरगंजमा धागड समुदायिको संस्कृति प्रबर्धन अभियान शुरु भएको छ ।

हाम्रो संस्कृति हाम्रो अभियान, धागड समुदायको संस्कृति प्रबर्धनमा युवाको अभियान कार्यक्रम अन्तर्गत साेमबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३१ सोलखपुरमा धागड समुदायको भेषभुषा, संस्कृति र परम्पराको झाँकी, नृत्य प्रस्तुत गरिएको थियो ।

वीरगंज महानगरपालिका, एसियन फर पिस रिसर्च एण्ड डेभलम्पमेन्ट, शान्ति मेलमिलाप केन्द्रद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले उद्घाटन गर्दै लोपउन्मुख जातिको धर्म, संस्कृतिलाई संरक्षण गर्दै विश्व माझ आफ्नो मौलिक प्रस्तुति देखाउन सके पर्यटनलाई आकर्षित गर्दै आय आर्जन समेत गर्न सकिने कुरामा जोड दिए ।

कार्यक्रममा वक्ताहरुले लोपउन्मुख धागड समुदायको संस्कृति, परम्पराको संरक्षण गर्दै नेतृत्व तथा क्षमता विकासका लागि आर्थिक, सामाजिक र राजनैतिक सशक्तिकरणको आवश्यकता रहेको वताए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका रेडियो नेपालका पर्सा सम्वाददाता ध्रुव अधिकारीले लोपउन्मुख जनजातिको रुपमा रहेका धागड समुदायको भेषभुषा, रितिरिवाज, धर्म संस्कृतिको प्रचार प्रसारमा संचारकर्मीहरुको भूमिका समेत महत्वपूर्ण रहेको बताए ।

अल्पसंख्यक पिछडिएको जनजातिको रुपमा रहेको धागड समुदायको वीरगंज महानगरपालिका वडा नम्बर ३१ र ३२ मा बसोवास रहेको छ ।

शान्ति मेलमिलाप श्रोत केन्द्र पर्साका अध्यक्ष रमाकान्त चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानिय बुद्धिजीवी, संचारकर्मी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...