Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

कांग्रेस वीरगंज महानगरकाे सभापतिमा नेपाली विजयी

spot_img
spot_img
वीरगंज । नेपाली कांग्रेस वीरगंज महानगरपालिकाकाे सभापतिमा मणीन्द्रलाल नेपाली विजयी भएका छन् । कांग्रेसकाे १४ अधिवेशन अन्तर्गत वीरगंज महानगर समिति चयनकाे लागि शनिबार भएकाे निर्वाचनकाे ताजा मतपरिणाम अनुसार सभापतिमा मणीन्द्रलाल नेपाली विजयी भएका हुन् ।
 
जिल्ला सभापति अजय द्विवेदी र पूर्व सभापति राजेन्द्र बहादुर अमात्य समूहका नेपाली ३६ मतले विजयी भएका हुन् । उनले २५७ मत प्राप्त गरेका छन् । उनको निकटम प्रतिद्वन्दी रमेश रिजाल र अजय चौरसिया पक्षका  राधेश्याम चौरसियाले २२१ मत ल्याएका छन् ।
 

त्यस्तै अर्का प्रतिस्पर्धी दिपेन्द्र चौहानले ३२ मत पाएका छन् । त्यसैगरी उपसभापतिमा संतोष गुप्ता २४८ मत र सर्जुग महतो २४४ मत ल्याएर विजयी भएका छन् । गुप्ता द्विवेदी र अमात्य समूहका र महतो रिजाल र चौरसिया समूहका हुन् ।

उपसभापतिमा विजय सिंह २४२ र विरभूषण प्रसाद पटेल २२३ मत ल्याएर पराजित हुनुभएको छ । सचिवमा संस्थापन इतरका शिवचन्द्र प्रसाद यादव २६२ र संस्थापन पक्षका श्याम प्रसाद कुर्मी २३९ मत ल्याएर विजयी भएका छन् ।

सचिव पदमा पराजित सञ्जय श्रीवास्तवको २२४ र धिरज कुमार गुप्ताको २१९ मत आएको छ ।

त्यसैगरी सहसचिवमा संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका छन् । दीपक कुमार साह २४६ र सहजाद हुसैन अन्सारी २५० मत ल्याएर विजयी भएका छन् ।

संस्थापन इतरका सम्साद अली अन्सारीले २३१ मत र जईन्द्र प्रसाद कुर्मी २२८ मत पाएका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...