Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कांग्रेस वीरगंज महानगरकाे सभापतिमा नेपाली विजयी

spot_img
spot_img
वीरगंज । नेपाली कांग्रेस वीरगंज महानगरपालिकाकाे सभापतिमा मणीन्द्रलाल नेपाली विजयी भएका छन् । कांग्रेसकाे १४ अधिवेशन अन्तर्गत वीरगंज महानगर समिति चयनकाे लागि शनिबार भएकाे निर्वाचनकाे ताजा मतपरिणाम अनुसार सभापतिमा मणीन्द्रलाल नेपाली विजयी भएका हुन् ।
 
जिल्ला सभापति अजय द्विवेदी र पूर्व सभापति राजेन्द्र बहादुर अमात्य समूहका नेपाली ३६ मतले विजयी भएका हुन् । उनले २५७ मत प्राप्त गरेका छन् । उनको निकटम प्रतिद्वन्दी रमेश रिजाल र अजय चौरसिया पक्षका  राधेश्याम चौरसियाले २२१ मत ल्याएका छन् ।
 

त्यस्तै अर्का प्रतिस्पर्धी दिपेन्द्र चौहानले ३२ मत पाएका छन् । त्यसैगरी उपसभापतिमा संतोष गुप्ता २४८ मत र सर्जुग महतो २४४ मत ल्याएर विजयी भएका छन् । गुप्ता द्विवेदी र अमात्य समूहका र महतो रिजाल र चौरसिया समूहका हुन् ।

उपसभापतिमा विजय सिंह २४२ र विरभूषण प्रसाद पटेल २२३ मत ल्याएर पराजित हुनुभएको छ । सचिवमा संस्थापन इतरका शिवचन्द्र प्रसाद यादव २६२ र संस्थापन पक्षका श्याम प्रसाद कुर्मी २३९ मत ल्याएर विजयी भएका छन् ।

सचिव पदमा पराजित सञ्जय श्रीवास्तवको २२४ र धिरज कुमार गुप्ताको २१९ मत आएको छ ।

त्यसैगरी सहसचिवमा संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका छन् । दीपक कुमार साह २४६ र सहजाद हुसैन अन्सारी २५० मत ल्याएर विजयी भएका छन् ।

संस्थापन इतरका सम्साद अली अन्सारीले २३१ मत र जईन्द्र प्रसाद कुर्मी २२८ मत पाएका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...