Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

मेयर कप उद्घाटनमा आधा दर्जन विद्यार्थी बेहोस भएर ढले पछि..

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे आयाेजनामा शनिबारदेखी तेस्राे मेयर कप खेलकुद प्रतियाेगिता सुरु भएकाे छ । वीरगंजस्थित नारायणी रंगशालामा सुरु भएकाे खेलकुद प्रतियाेगिताकाे उद्घाटन मधेश प्रदेशका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले गरेका थिए ।

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रम मै स–साना विद्यार्थीहरुलाई घण्टौं घाममा लाइनमा उभ्याइएपछि थुर्पै विद्यार्थीहरु मैदान मै बेहोस भएर ढलेका थिए । उद्घाटन कार्यक्रमको लागि भन्दै विद्यार्थीहरुलाई झण्डै तीन घण्टासम्म मैदानमा खडा गराइएपछि विद्यार्थीहरु बेहाेस भएर ढलेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

अपुग तयारीका बीच शुरु गरिएको मेयर कपमा सहभागी हुन आमनन्त्रित केही अतिथि र विद्यालय निर्धारित समयभन्दा करिब ३ घण्टा ढिलो पुगेपछि कार्यक्रम प्रभावित भएको थियो । खाजा पानी बिना बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराइएपछि करिब आधा दर्जन भन्दा बढी विद्यार्थीहरु बेहोस भएका थिए ।

मेयर कपको उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि बिहान ठिक ९ बजे कार्यक्रम स्थल आर्दशनगर रंगशालामा पुग्न महानगरपालिकाले सहभागी विद्यालयलाई पत्राचार गरेको थियो । सोही सर्कुलर अनुसार अधिकांश विद्यालयका विद्यार्थीहरु कार्यक्रम स्थल पुगेका थिए । तर निर्धारित समय भन्दा ३ घण्टा ढिलो शुरु भएपछि भोक भोकै मैदानमा उभ्याइएका विद्यार्थीहरु बेहोस भएका थिए ।

बिहान ९ बजे कार्यक्रम स्थल पु¥याउनका लागि विद्यालयहरुले तयारी गरेर कार्यक्रममा सहभागी हुन लागि बिहान ८ बजे नै विद्यालयमा बोलाएका थिए । यसरी बिहानको खाजाको भरमा भोक भोकै रंगशाला पुगेका विद्यार्थीहरु कार्यक्रम करिब ३ घण्टा ढिलो भएपछि मैदानमै धमाधम बिद्यार्थीहरु मुर्छित भए लडेको एक विद्यालयका शिक्षकले बताए ।

त्यपछि मात्र महानगरका कर्मचारीले पानी र फ्रुटीको व्यवस्था गरेका थिए । त्यो पनि अपुग रहेको तथा धेरै विद्यार्थीहरुले पाउन नसकेको गुनासो गरे ।

“खेलकुद बिकास हाम्राे अभियान, मेयर कप खेलकुद वीरगंजकाे शान” नाराकाे साथ सुरु भएकाे प्रतियाेगितामा १८ वटा सामुदायिक र २० वटा संस्थागत गरि जम्मा ३८ वटा विद्यालयकाे सहभागीता रहेकाे वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले वताए ।

उद्घाट कार्यक्रममा भएकाे मार्च पासमा जिएचपी मावि पहिलो, मनकामना मावि दोस्रो सिद्वार्थ मावि तेश्रो भएका थिए । उनीहरुलाई प्रमुख अतिथि लगायत अतिथिहरुले पुरस्कार समेत वितरण गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य करिमा वेगम, वीरगंज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्की, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे,  प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, एन–प्याब्सनका रामराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रम अगाडि विभिन्न स्कुलका बिद्यार्थीहरुले मार्चपास, झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...