Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली कांग्रेस ठोरीकाे सभापतिमा संताेष बिजयी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस ठाेरी गाउँपालिकाकाे सभापतिमा मिन बहादुर श्रेष्ठ (संताेष) विजयी भएका छन् । कांग्रेसकाे १४ औ अधिवेशन अन्तर्गत शनिबार ठाेरीमा भएकाे निर्वाचनमा संताेष ४६ मत ल्याएर विजयी भएका हुन् । 

सभापतिमा संताेषसहित उनकाे पुरै प्यानल विजयी भएकाे छ । सभापतिका अर्का उम्मेदवार रामकृष्ण पन्तले ३१ मत प्राप्त गरेका थिए । 

गाउँपालिका समितिकाे उपसभापतिमा केदार बहादुर देउजा, हस्त बहादुर डुम्जन, सचिवमा धिर सिंह, भक्त बहादुर श्रेष्ठ, सह सचिवमा राज कुमार श्रेष्ठ, सालिक राम आचार्य विजयी भएकाे मतदान अधिकृत रामबालक प्रसाद यादवले जानकारी दिए । 

ठोरी ४ निर्मलबस्तीमा भएकाे मतदानमा ८० जना मतदाता मध्ये ७९ मत खसेको थियो । 

जम्मा खसेको ७९ मत मध्ये १ भोट खाली र १ भोट बदर भएको निर्वाचन अधिकृत राम बालक यादबले जानकारी दिए । यस अघि सन्तोष श्रेष्ठ प्यानलका १३ जना निर्बिरोध निर्वाचित भएका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...