Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

नेपाली कांग्रेस ठोरीकाे सभापतिमा संताेष बिजयी

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस ठाेरी गाउँपालिकाकाे सभापतिमा मिन बहादुर श्रेष्ठ (संताेष) विजयी भएका छन् । कांग्रेसकाे १४ औ अधिवेशन अन्तर्गत शनिबार ठाेरीमा भएकाे निर्वाचनमा संताेष ४६ मत ल्याएर विजयी भएका हुन् । 

सभापतिमा संताेषसहित उनकाे पुरै प्यानल विजयी भएकाे छ । सभापतिका अर्का उम्मेदवार रामकृष्ण पन्तले ३१ मत प्राप्त गरेका थिए । 

गाउँपालिका समितिकाे उपसभापतिमा केदार बहादुर देउजा, हस्त बहादुर डुम्जन, सचिवमा धिर सिंह, भक्त बहादुर श्रेष्ठ, सह सचिवमा राज कुमार श्रेष्ठ, सालिक राम आचार्य विजयी भएकाे मतदान अधिकृत रामबालक प्रसाद यादवले जानकारी दिए । 

ठोरी ४ निर्मलबस्तीमा भएकाे मतदानमा ८० जना मतदाता मध्ये ७९ मत खसेको थियो । 

जम्मा खसेको ७९ मत मध्ये १ भोट खाली र १ भोट बदर भएको निर्वाचन अधिकृत राम बालक यादबले जानकारी दिए । यस अघि सन्तोष श्रेष्ठ प्यानलका १३ जना निर्बिरोध निर्वाचित भएका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...