Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

नेका वीरगंज महानगर सभापतिकाे लागि ३ जनाकाे उम्मेदवारी

spot_img
spot_img

बीरगंज । नेपाली कांग्रेस वीरगंज महानगरपालिकाको सभापति पदमा ३ जनाकाे उम्मेदवारी परेकाे छ । काँग्रेसको १४ औँ नगर अधिवेश अन्तर्गत वीरगंज महानगर सभापतिकाे लागि शुक्रबार पार्टी कार्यालय रामगढवामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको हाे ।  

पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट राधेश्याम चौरसियाको टिमले उम्मेदवारी दिएको छ भने शेखर कोइराला प्यानलबाट मणिन्द्रलाल श्रेष्ठको प्यानल खडा भएको छ । 

यसैगरी, नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव दिपेन्द्र चौहानले समेत सभापति पदमा उम्मेदवारी दिएका छन् । चौहानको भने कुनै प्यानल रहेको छैन । 

देउवा प्यानलबाट उप सभापतिमा ध्यक्षमा विजय सिंह, सरजुग महतो, सचिवमा धिरज कुमार गुप्ता, श्याम कुमार प्रसाद कुर्मी, सहसचिवमा दिपक कुमार साह र सदाम हुसैन समानीले उम्मेदवारी दिएका छन् भने कोइराला प्यानलबाट उप सभापतिमा सन्तोष कुमार गुप्ता, बृजभूषण प्रसाद पटेल, सचिवमा सञ्जय श्रीवास्तव, शिवचन्द्र प्रसाद यादव, सहसचिवमा जयन्द्र प्रसाद कुर्मी र सम्मसाद अलीले उम्मेदवारी दिएका छन् । 

यता उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूले तोकिएको समयभित्र नाम फिर्ता नलिएको र उम्मेदवार विरुद्ध कुनै दाबी विरोध समेत नपरेको कारण भोलि बिहान ९ः०० बजेदेखि आदर्शनगरस्थित बाल मन्दिर परिसरमा मतदान हुने कार्यक्रम रहेको निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए ।

यस्तै, पाेखरिया नगरपालिका र बहुदरमाई नगरपालिकाकाे समिति चयनकाे लागि पनि निर्वाचन हुने भएकाे छ । १४ औ नगर अधिबेशनमा शुक्रबार दुबै नगरपालिकामा उम्मेदवारी दर्ता भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...