Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेका वीरगंज महानगर सभापतिकाे लागि ३ जनाकाे उम्मेदवारी

spot_img
spot_img

बीरगंज । नेपाली कांग्रेस वीरगंज महानगरपालिकाको सभापति पदमा ३ जनाकाे उम्मेदवारी परेकाे छ । काँग्रेसको १४ औँ नगर अधिवेश अन्तर्गत वीरगंज महानगर सभापतिकाे लागि शुक्रबार पार्टी कार्यालय रामगढवामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको हाे ।  

पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट राधेश्याम चौरसियाको टिमले उम्मेदवारी दिएको छ भने शेखर कोइराला प्यानलबाट मणिन्द्रलाल श्रेष्ठको प्यानल खडा भएको छ । 

यसैगरी, नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव दिपेन्द्र चौहानले समेत सभापति पदमा उम्मेदवारी दिएका छन् । चौहानको भने कुनै प्यानल रहेको छैन । 

देउवा प्यानलबाट उप सभापतिमा ध्यक्षमा विजय सिंह, सरजुग महतो, सचिवमा धिरज कुमार गुप्ता, श्याम कुमार प्रसाद कुर्मी, सहसचिवमा दिपक कुमार साह र सदाम हुसैन समानीले उम्मेदवारी दिएका छन् भने कोइराला प्यानलबाट उप सभापतिमा सन्तोष कुमार गुप्ता, बृजभूषण प्रसाद पटेल, सचिवमा सञ्जय श्रीवास्तव, शिवचन्द्र प्रसाद यादव, सहसचिवमा जयन्द्र प्रसाद कुर्मी र सम्मसाद अलीले उम्मेदवारी दिएका छन् । 

यता उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूले तोकिएको समयभित्र नाम फिर्ता नलिएको र उम्मेदवार विरुद्ध कुनै दाबी विरोध समेत नपरेको कारण भोलि बिहान ९ः०० बजेदेखि आदर्शनगरस्थित बाल मन्दिर परिसरमा मतदान हुने कार्यक्रम रहेको निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए ।

यस्तै, पाेखरिया नगरपालिका र बहुदरमाई नगरपालिकाकाे समिति चयनकाे लागि पनि निर्वाचन हुने भएकाे छ । १४ औ नगर अधिबेशनमा शुक्रबार दुबै नगरपालिकामा उम्मेदवारी दर्ता भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...