Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

नेका जिराभवानीकाे सभापतिमा महताे निर्विराेध निर्वाचित

spot_img
spot_img

वीरगंज । नेपाली काङ्ग्रेस जिराभवानी गाउँपालिकाकाे सभापतिमा मनमाेहन महताे निर्विराेध निर्वाचित भएका छन् । कांग्रेसकाे  १४ औ अधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न जिराभावनी गाउँपालिकाको अधिवेशनबाट महताेकाे सभापतित्वमा ३२ सदस्यीय गाउँ समिति निर्विराेध निर्वाचित भएका हुन् ।

समितिकाे उप सभापतिमा लालदेव दास, सत्यनारायण साह कानु, सचिवमा अर्जुन चौधरी थारु, रामाशंकर महतो, सह सचिवमा शेषनुमान आजम, अनिल गाैराै निर्वाचित हुनुभएकाे मतदान अधिकृत गगनदेव यादवले जानकारी दिए ।

यस्तै, समितिकाे सदस्यमा मदन दास तत्वा, राजेन्द्र साह, रुकमणी देवी थरुनी, बिरेन्द्र बच्छार, ध्रुपसागर खाँ, ललिता देवी, रामाकान्त महताे, प्रेम चाैधरी थारु, हिरामती देवी, गाैरीशंकर राय, प्रदेशी दास थारु, अंशुइया देवी थरुइनी, किरण प्रसाद राउत, प्रतिमा खवास, साेमनाथ सापकाेटा, पानादेवी, नविरसुल मियाँ, राजराज दास, शम्भु महताे थारु, संजय खवास, पुतरिया देवी थरुनी, नजिया देवी थरुनी, भागिरथ राम, पुनम देवी चमार र बृजलाल दिसवा निर्वाचित भएकाे वडा सभापति सराेज चाैरसियाले जानकारी दिए ।

नव निर्वाचित सभापति महताेसहित सम्पूर्ण गाउँ समितिका पदाधिकारी र सदस्यहरुलाई प्रदेश सभा सदस्य शंकर चाैधरीले फुल माला र अविरकाे टिका लगाएर प्रमाण पत्र वितरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...