Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेका जिराभवानीकाे सभापतिमा महताे निर्विराेध निर्वाचित

spot_img
spot_img

वीरगंज । नेपाली काङ्ग्रेस जिराभवानी गाउँपालिकाकाे सभापतिमा मनमाेहन महताे निर्विराेध निर्वाचित भएका छन् । कांग्रेसकाे  १४ औ अधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न जिराभावनी गाउँपालिकाको अधिवेशनबाट महताेकाे सभापतित्वमा ३२ सदस्यीय गाउँ समिति निर्विराेध निर्वाचित भएका हुन् ।

समितिकाे उप सभापतिमा लालदेव दास, सत्यनारायण साह कानु, सचिवमा अर्जुन चौधरी थारु, रामाशंकर महतो, सह सचिवमा शेषनुमान आजम, अनिल गाैराै निर्वाचित हुनुभएकाे मतदान अधिकृत गगनदेव यादवले जानकारी दिए ।

यस्तै, समितिकाे सदस्यमा मदन दास तत्वा, राजेन्द्र साह, रुकमणी देवी थरुनी, बिरेन्द्र बच्छार, ध्रुपसागर खाँ, ललिता देवी, रामाकान्त महताे, प्रेम चाैधरी थारु, हिरामती देवी, गाैरीशंकर राय, प्रदेशी दास थारु, अंशुइया देवी थरुइनी, किरण प्रसाद राउत, प्रतिमा खवास, साेमनाथ सापकाेटा, पानादेवी, नविरसुल मियाँ, राजराज दास, शम्भु महताे थारु, संजय खवास, पुतरिया देवी थरुनी, नजिया देवी थरुनी, भागिरथ राम, पुनम देवी चमार र बृजलाल दिसवा निर्वाचित भएकाे वडा सभापति सराेज चाैरसियाले जानकारी दिए ।

नव निर्वाचित सभापति महताेसहित सम्पूर्ण गाउँ समितिका पदाधिकारी र सदस्यहरुलाई प्रदेश सभा सदस्य शंकर चाैधरीले फुल माला र अविरकाे टिका लगाएर प्रमाण पत्र वितरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...