Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

एमसीसीको बिरोधमा वीरगञ्जमा प्रदर्शन र चक्का जाम

spot_img
spot_img

वीरग‌ंज । संसदमा पेश भएको अमेरिकी सहयोग एमसीसी सम्झौताको बिरोधमा विहीबार वीरगञ्जमा प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्रका भातृसंगठनहरु अखिल क्रान्तिकारी र वाईसिएलले संसदमा पेश भएको अमेरिकी सहयोग एमसीसी सम्झौताको बिरोधमा प्रदर्शन गरेका हुन् ।

वीरगञ्जको घण्टाघरमा नाराबाजी गर्दै दिउँसो २ बजेदेखि ३ बजेसम्म १ घण्टा चक्काजाम समेत गरिएको अखिल क्रन्तिकारी मधेश प्रदेश सचिव जुबेर आलमले जानकारी दिए । संसद बैठक हाललाई स्थगित गरेकाले फेरी संसद बैठक बस्ने दिन अझ भव्य बिरोधका कार्यक्रमहरु आयोजना गरिने सचिव आलमले बताए ।

बिरोध प्रदर्शन तथा चक्काजाम कार्यक्रममा अखिल क्रान्तिकारी पर्सा जिल्ला अध्यक्ष कविराज पटेल, वाईसिएल केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज ओमप्रकाश गुप्ता, वाईसिएल मधेश प्रदेश सदस्य राकेश साह कानु, चन्दन रौनियार लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...