Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली कांग्रेस कालिकामाईकाे सभापतिमा साह निर्विराेध निर्वाचित 

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस कालिकामाई गाउँपालिकाकाे सभापतिमा छठु साह निर्विराेध निर्वाचित भएका छन् । कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत बिहिबार सम्पन्न गाउँपालिका अधिवेशनबाट सभापतिमा साह निर्विराेध निर्वाचित भएका हुन् । 

गाउँपालिका समितिकाे उपसभापतिमा  रजाक राउत गद्दी, माेलाजिम मियाँ मन्सुरी, सचिवमा महमद नाजिर हुेसन मुकेरी, रामानन्द ठाकुर लाेहार, सह सचिवमा हिरालाल राउत कुर्मी, जयबालक साह कानु निर्वाचित भएका छन् ।

यस्तै, समितिकाे सदस्यमा लिला श्रेष्ठ, महन्थ प्रसाद पटेल, सुरेन्द्र प्रसाद कुशवाहा, शिवदुलारी देवी साह, रामराज चाैरसिया, जयचन्द्र प्रसाद, धुनिया देवी, अनिल कुमार कण्ठ, सतानन्द मिश्र, भागमती देवी,  शम्भु साह तेली, जयकिशुन राउत बरै, रीना देवी, अजय कुमार कलवार, रामन महताे केंवट, कान्ति देवी महरा, लालपरी देवी महरा, सदाम हुसेन, रामसागर बैठा, मजिद देवान, अमरुल आलम, शिवनारायण प्रसाद चाैरसिया, इब्राहिम मियाँ, वैधनाथ प्रसाद बरै र वीरेन्द्र प्रसाद बरै निर्विराेध निर्वाचित भएकाे मतदान अधिकृत लालदेव प्रसाद यादवले जानकारी दिए ।

गाउँपालिका सभापतिमा साह निर्वाचित भएपछि बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनमा पार्टीलाई बिजयी गराउने प्रतिबद्धता जनाए । उनले वडादेखी पालिका अध्यक्ष सम्मकाे सम्पूर्ण पदमा पार्टीकाे उम्मेदवारलाई विजयी गराउने वताए । 

पत्रकारिता र समाजिक क्षेत्रमा लामाे समय सम्म काम गरेका साह आफ्नाे मूल्यांकलन गरेर गाउँपालिका सभापतिकाे जिम्मेवारी दिएकाेमा सम्पूर्ण पार्टी पंक्तिलाई धन्यावाद तथा अभार समेत प्रकट गरे ।

गाउँपालिका पार्टी कार्यालय मुडलीमा भएकाे अधिवेशनमा सभापतिमा निर्वाचित अध्यक्ष साहसहित गाउँपालिका समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि पंचानन्द मिश्रा, रामप्रसाद चाैहान, स्थानिय नेता अजय पटेल, संजय साह, वडा सभापतिहरु नेजामुदिन मियाँ, सिकेन्द्र देवान, रामशिष चाैरसिया, अमिरका ठाकुर लागयतकाले फुल माला र अविरकाे टिका लगायर बधाई तथा शुभकामना दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...