Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

‘बी नेच्युरल’आईसक्रिमको आउटेलेट आदर्शनगरमा खुल्याे

spot_img
spot_img

बीरगंज । आईसक्रिम पारखीहरुको लागि वीरगंजकाे आदर्शनगरस्थित रुङ्ग्टा मार्केटमा आउटलेट खुलेको छ । बीरगंजको गढीमाई डेरीको उत्पादन बी नेचुरल ब्राण्डको आईस क्रिमको आउटलेट खुलेको हो ।

आउटलेटको शनिबार नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष उद्योगी गणेश लाठले उद्घाटन गरेका थिए । गढीमाई डेरी उद्योगबाट उत्पादित  उत्कृष्ट आईस क्रिम नेपालका तारे होटलमा बिक्री बितरण गरीदै आएकोमा सर्वसाधारण ग्राहकहरुको लागि पनि वीरगंजकाे आदर्शनगरमा खोलेको डेरी उद्योगका प्रमुख रबिन्द्र सिहंले जानकारी दिए ।

शनिबार उदघाटन गरिएको आईस क्रिमको शोरूममा विक्री वितरणका लागि भोलीबाट संचालनमा ल्याईने डेरी उद्योगका अभिषेक कुशवाहाले बताए । उत्कृष्ट आईस क्रिमको शोरूम बिहान ११ बजेदेखि राती ९ः३० बजेसम्म संचालन हुने कुशवाहाले जानकारी दिए ।

आइतबारबाट संचालनमा ल्याईने उत्कृष्ट आईस क्रिम रुममा ५० रुपैंयादेखि  ३ सय रुपैयाँसम्मको आईस क्रिम पाईनुको साथै फेमिली पैक आईस क्रिम १ सय ५० देखि  ३ सय सम्मको ल्याउने उधोगका प्रमुख सिहंले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...