Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

एमसीसी विरुद्ध परवानीपुरमा प्रदर्शन

spot_img
spot_img

परवानीपुर । बाराकाे परवानीपुरमा सतारुढ दल नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी परवानीपुरले एमसीसी विरुद्ध प्रदर्शन गरेकाे छ । परवानीपुरस्थित गण्डक चौकमा शुक्रबार सांझ एमसीसी विरुद्ध प्रदर्शन गर्दै अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले प्रधानमन्त्री शेरबादुर देउवाको पुत्ला समेत जलाएका छन् ।

विरोधको क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच केहीबेर तनाव समेत भएको थियो । प्रदर्शनकारीहरुले देश बेच्न पाइँदैन, एमसीसी हामीलाई चाहिँदैन लगायतको चक्राे नारा लगाएका थिए ।

अनेरास्वबियु क्रान्तिकारीका परवानीपुर गाउँपालिका अध्यक्ष अखिल पटेलको अध्यक्षतामा भएकाे विरोध कार्यक्रममा अनेरास्वबियु क्रान्तिकारी मधेश प्रदेशका सचिव बिबेक कुमार साह, मदन प्रसाद गुप्ता, किशोरी साह, लालबाबु साह, मनोज गुप्ता, प्रवीण साह, महेश साह, आदेश गुप्ता, कृष्ण साह लगायतकाे सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...