Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

धिरज राईको ‘लुकी लुकी’ नयाँ शैलीमा सार्वजनिक हुँदै

spot_img
spot_img

काठमाडौं । गायक धिरज राईको सर्वाधिक हिट गीत ‘लुकी लुकी आँखा तिमी’ आज पनि दर्शक-श्रोताको मनमा बस्न सफल छ । धिरजलाई आज पनि यही गीतले संसार घुमाइरहेको छ ।

यो गीत रिलिज भएको २५ वर्षपछि धिरज राईले यसको म्युजिक भिडियो तयार पारेका छन् । ट्री इन्टरटेन्मेन्टको लगानीमा तयार भएको म्युजिक भिडियोको दुई दिन लगाएर काठमाडौंको प्लाटिनम क्लबमा छायांकन गरिएको छ ।

यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । माइकलले निर्देशन गरेका थुप्रै म्युजिक भिडियोले बजारमा चर्चा पाएका छन् । माइकलले यो गीतको क्रेजलाई आफूले भिडियोमा पनि मर्न नदिएको बताए ।

भिडियोमा अभिनेत्री आँचल शर्माले नृत्य गरेकी छन् । उनको साथमा राज र डेलविसलाई भिडियोमा देख्न सकिन्छ । करिब १८ घण्टा लगाएर खिचिएको भिडियोमा उत्सव दाहालको छायांकन र सिलन लम्सालको सम्पादन छ ।

गायक धिरजले २५ वर्षपछि गीतलाई पुनः दर्शकमाझ ल्याउन लागेको विषयमा भने, ‘यो गीतको भिडियो बनेको थिएन । नेपाल टेलिभिजनमा खिचिएको धमिलो भिडियो आज पनि दर्शकमाझ छ । यसैले अडियोमा खासै परिवर्तन नगरी हामीले भिडियोलाई भने नयाँ तरिकाले खिचेका छौं ।’

निर्माण कम्पनी ट्री इन्टरटेन्मेन्टले यो गीतलाई दुई सातापछि सार्वजनिक गर्ने तयारी गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...