Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सागढीकाे ३ स्थानमा गुम्बा निर्माण हुँदै

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. १, जमुना टाेलमा निर्माण हुने गुम्बाकाे शिलान्यास गरिएकाे छ । नगरपालिकाकाे चालू आ.ब.को याेजना अन्तर्गत निर्माण हुने गुम्बाकाे एक कार्यक्रमकाे बिच नगर प्रमुख लाेकनारायण यादवले शिलान्यस गरेका हुन् ।

गुम्बाकाे शिलान्यास गर्दै नगर प्रमुख यादवले पर्सागढी १ सहित थप २ स्थानमा यसै बर्ष गुम्बा निर्माणा गर्न लागिएकाे वताए । उनले वडा नं. ३ झाला टोल र झबराहमा गुम्बा निर्माणधिन अवस्थामा रहेकाे वताए ।

बौद्ध धर्म प्रबर्धकको अगुवाईमा धर्म संस्कृति सम्बर्द्धनका उदेश्य अनुरुप गुम्बा निर्माण गर्न लागिएको नगर प्रमुख यादवले वताए ।

जमुना टाेलमा उपभाेक्ता समिति मार्फत रु ५ लाख ३४ हजार ८ सय ६० काे लागतमा निर्माण हुने गुम्बा २०७८ चैत ३० सम्म निर्माण कार्य सम्पन्न हुने छ ।  कुल लागत मध्ये नगरपालिकाकाे लागत रु ४ लाख ८५ हजार रहेकाे छ भने उपभाेक्ता समितिकाे लागत रु ४९ हजार ८ सय ६० रहेकाे छ ।

लामा, तामाङ समुदायको उल्लेखनीय संख्या रहेको यश पालिकामा पर्सागढी-३ बढनिहार माथिटोलमा रहेको तम्बा छोइलिङ विश्व उद्दार गुम्बा अहिले पर्यटकीय स्थलको रूपमा परिणत भएको नगरपालिकाका गिरी राज कडेलले वताए । 

नगर प्रमुख यादवकाे कार्यकालमा बर्षेनी नियमित बजेट बिनियोजन गरि गुम्बा प्रबर्द्धन तथा तामाङ समुदायको बिशेष चाड्पर्बहरुमा बार्शिक कार्यक्रमहरु हुने गरेको तथा यश कार्यबाट समग्र समुदाय हर्सित रहेको स्थानीय समाजसेबि सुकमान तामाङले बताए ।

समुदायको थप मागमा नगरपालिकाबाट गुम्बा निर्माणाधीन स्थलमा धारा जडान तथा जमुना टोल बस्वरिया रिङ्गरोड मर्मत कार्य समेत साेमबादेखी सुरुवात भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...