Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बाराबाट खैरो हेरोइनसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । बाराबाट प्रहरीले खैराे हिराेइनसहित एक जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले बाराकाे निजगढ नगरपालिका वडा न. ७ बस्ने बर्ष ४१ को मुन्ना लोप्चनलेलाई पक्राउ गरेकाे हाे ।

निजगढ नगरपालिकाकाे वडा नं.८ स्थित पश्चिम राजमार्ग सडक खण्डमा सवारी साधानहरु चेकजाँच गर्ने क्रममा शनिबार सांझ १६:४५ बजेको समयमा लागु औषधसहित लाेप्चनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

लोप्चनले चलाई आएको ना ६० प ८२४२ नम्बरको मोटर साइकल रोकी निजको शरीर चेकजाँच गर्दा निजले टाउजर मुनी पलाष्टिकको भागमा प्लाष्टिकमा राखी लुकाई छिपाई राखेको अवस्थामा ४ (चार) ग्राम अवैध लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका लाेप्चन विरुद्ध लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ७ दिनकाे म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...