Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

बाराबाट खैरो हेरोइनसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । बाराबाट प्रहरीले खैराे हिराेइनसहित एक जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले बाराकाे निजगढ नगरपालिका वडा न. ७ बस्ने बर्ष ४१ को मुन्ना लोप्चनलेलाई पक्राउ गरेकाे हाे ।

निजगढ नगरपालिकाकाे वडा नं.८ स्थित पश्चिम राजमार्ग सडक खण्डमा सवारी साधानहरु चेकजाँच गर्ने क्रममा शनिबार सांझ १६:४५ बजेको समयमा लागु औषधसहित लाेप्चनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

लोप्चनले चलाई आएको ना ६० प ८२४२ नम्बरको मोटर साइकल रोकी निजको शरीर चेकजाँच गर्दा निजले टाउजर मुनी पलाष्टिकको भागमा प्लाष्टिकमा राखी लुकाई छिपाई राखेको अवस्थामा ४ (चार) ग्राम अवैध लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका लाेप्चन विरुद्ध लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ७ दिनकाे म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी गराए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...