Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

नेपाली कांग्रेसकाे ‘समुदाय संवाद’ कार्यक्रम सुरु

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसले वीरगञ्जमा ‘समुदाय संवाद’ कार्यक्रम सुरु गरेको छ । बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले वीरगञ्ज महानगरमा ‘समुदाय संवाद’ सुरु गरेको हो ।

शनिबार वीरगञ्जको वडा नं २३ बाट यो कार्यक्रमको थालनी गरिएको कांग्रेसका युवा नेता कञ्चन झाले जानकारी दिए । आउँदा दिनमा अन्य वडाहरूमा पनि यस किसिमको कार्यक्रम आयोजना गरिने उनले जानकारी गराए । 

समुदायमा नेपाली कांग्रेसलाई फेरि दह्रोगरी स्थापित गर्न यो कार्यक्रम ल्याइएको झाले बताए । 

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्वीवेदीले नेपाली कांग्रेसले आफूलाई समयक्रमसँगै बदलेर अघि बढ्न नसक्ने हो भने पार्टीको भविष्य अझै कमजोर हुन सक्ने जिकिर गरे । पार्टीमा योगदान गरेका नेता, कार्यकर्ताको वास्तविक कदर पार्टीले गर्न नसकेको द्वीवेदीको गुनासो थियो ।

संविधान सभा सदस्य अनिल रुङटाले युवाहरूलाई राजनीति संगसंगै उधमशीलतामा पनि लाग्न सुझाव दिए । उद्यम संगसंगै राजनीतिलाई अघि बढाउन सक्ने व्यक्तिले भ्रष्टाचार र अनियमितता जस्ता सामाजिक अपराध र विकृतिबाट आफूलाई जोगाउने रुङटाको भनाई थियो ।

कांग्रेसका नेता रामनारायण कुर्मीले राजनीतिक नेतृत्वको बोली र व्यवहारमा एकरुपता हुनुपर्ने वताए । कुनै पनि राजनीतिक नेतृत्वले गर्ने आदर्श र सिद्धान्तका कुरा उसले सबैभन्दा पहिले आफूबाटै लागू गरेर विश्वास आर्जन गर्न सक्नुपर्ने कुर्मीको भनाई थियो ।

वडा नं २३ का नेपाली कांग्रेस बुथ सभापति लोकनारायण यादवको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण रामनिवास यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...