Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली कांग्रेसकाे ‘समुदाय संवाद’ कार्यक्रम सुरु

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसले वीरगञ्जमा ‘समुदाय संवाद’ कार्यक्रम सुरु गरेको छ । बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले वीरगञ्ज महानगरमा ‘समुदाय संवाद’ सुरु गरेको हो ।

शनिबार वीरगञ्जको वडा नं २३ बाट यो कार्यक्रमको थालनी गरिएको कांग्रेसका युवा नेता कञ्चन झाले जानकारी दिए । आउँदा दिनमा अन्य वडाहरूमा पनि यस किसिमको कार्यक्रम आयोजना गरिने उनले जानकारी गराए । 

समुदायमा नेपाली कांग्रेसलाई फेरि दह्रोगरी स्थापित गर्न यो कार्यक्रम ल्याइएको झाले बताए । 

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्वीवेदीले नेपाली कांग्रेसले आफूलाई समयक्रमसँगै बदलेर अघि बढ्न नसक्ने हो भने पार्टीको भविष्य अझै कमजोर हुन सक्ने जिकिर गरे । पार्टीमा योगदान गरेका नेता, कार्यकर्ताको वास्तविक कदर पार्टीले गर्न नसकेको द्वीवेदीको गुनासो थियो ।

संविधान सभा सदस्य अनिल रुङटाले युवाहरूलाई राजनीति संगसंगै उधमशीलतामा पनि लाग्न सुझाव दिए । उद्यम संगसंगै राजनीतिलाई अघि बढाउन सक्ने व्यक्तिले भ्रष्टाचार र अनियमितता जस्ता सामाजिक अपराध र विकृतिबाट आफूलाई जोगाउने रुङटाको भनाई थियो ।

कांग्रेसका नेता रामनारायण कुर्मीले राजनीतिक नेतृत्वको बोली र व्यवहारमा एकरुपता हुनुपर्ने वताए । कुनै पनि राजनीतिक नेतृत्वले गर्ने आदर्श र सिद्धान्तका कुरा उसले सबैभन्दा पहिले आफूबाटै लागू गरेर विश्वास आर्जन गर्न सक्नुपर्ने कुर्मीको भनाई थियो ।

वडा नं २३ का नेपाली कांग्रेस बुथ सभापति लोकनारायण यादवको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण रामनिवास यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...