Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

जनयुद्ध दिवसकाे अवसरमा सहिद परिवारलाई कम्प्युटर सहयाेग

spot_img
spot_img

वीरगंज । जनयुद्ध दिवसकाे अवसरमा नेकपा माओवादी केन्द्र वीरगंज महानगर समितिले सहिद परिवारलाई कम्प्युटर सहयाेग गरेकाे छ । समितिले वीरगंज महानगरपालिकाकाे वडा नं. ३० का सहिद राजेश मण्डलका परिवारलाई कम्प्युटर सहयाेग गरेकाे हाे ।

माओवादी जनयुद्धकालमा ज्यान गुमाएका सहिद मण्डलकाे छाेरा-छाेरीकाे लागि कम्युटर सहयाेग गरिएकाे नेकपा माओवादी केन्द्रकाे वीरगंज महानगर समितिले जनाएकाे छ । जनयुद्ध दिवसकाे अवसरमा आइतबार माओवादी केन्द्रका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारीले सहिद मण्डलकाे घर मै पुगेर उनीकी श्रीमती ललिता देवीलाई कम्प्युटर सेट हस्तान्तरण गरेका हुन् ।

जनयुद्ध दिवसकाे अवसरमा कम्प्युटर सेटकाे साथ साथै कम्युटर राख्ने टेबल र इन्टरनेट समेत जडान गरिएकाे अध्यक्ष अन्सारीले जानकारी दिए । उनले सहिद मण्डलका परिवारका छाेरा-छाेरीकाे शिक्षामा सहजताकाे लागि कम्युटर सहयाेग गरिएकाे वताए ।

मधेशी दलले सहिद परिवारलाई भैंसी सहयाेग गरेकाे कार्यकाे आलाेचना गर्दै अन्सारीले प्रगतिशिल बिचारकाे आफु त्यसभन्दा फरक सहिदकाे परिवारकाे शिक्षाकाे लागि पार्टीकाे तर्फबाट कम्युटर सहयाेग गरेकाे वताए ।  

 साे अवसरमा माओवादी केन्द्रका वीरगंज महानगर उपाध्यक्ष जुमादिन अन्सारी, अनेरास्ववियु क्रान्तिकारीका मधेश प्रदेश प्रमुख सचिव जुबेर आलम लगायतकाे स्थानिय पार्टीका नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे । 

जनयुद्ध दिवसकाे अवसरमा आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...