Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जनयुद्ध दिवसकाे अवसरमा सहिद परिवारलाई कम्प्युटर सहयाेग

spot_img
spot_img

वीरगंज । जनयुद्ध दिवसकाे अवसरमा नेकपा माओवादी केन्द्र वीरगंज महानगर समितिले सहिद परिवारलाई कम्प्युटर सहयाेग गरेकाे छ । समितिले वीरगंज महानगरपालिकाकाे वडा नं. ३० का सहिद राजेश मण्डलका परिवारलाई कम्प्युटर सहयाेग गरेकाे हाे ।

माओवादी जनयुद्धकालमा ज्यान गुमाएका सहिद मण्डलकाे छाेरा-छाेरीकाे लागि कम्युटर सहयाेग गरिएकाे नेकपा माओवादी केन्द्रकाे वीरगंज महानगर समितिले जनाएकाे छ । जनयुद्ध दिवसकाे अवसरमा आइतबार माओवादी केन्द्रका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारीले सहिद मण्डलकाे घर मै पुगेर उनीकी श्रीमती ललिता देवीलाई कम्प्युटर सेट हस्तान्तरण गरेका हुन् ।

जनयुद्ध दिवसकाे अवसरमा कम्प्युटर सेटकाे साथ साथै कम्युटर राख्ने टेबल र इन्टरनेट समेत जडान गरिएकाे अध्यक्ष अन्सारीले जानकारी दिए । उनले सहिद मण्डलका परिवारका छाेरा-छाेरीकाे शिक्षामा सहजताकाे लागि कम्युटर सहयाेग गरिएकाे वताए ।

मधेशी दलले सहिद परिवारलाई भैंसी सहयाेग गरेकाे कार्यकाे आलाेचना गर्दै अन्सारीले प्रगतिशिल बिचारकाे आफु त्यसभन्दा फरक सहिदकाे परिवारकाे शिक्षाकाे लागि पार्टीकाे तर्फबाट कम्युटर सहयाेग गरेकाे वताए ।  

 साे अवसरमा माओवादी केन्द्रका वीरगंज महानगर उपाध्यक्ष जुमादिन अन्सारी, अनेरास्ववियु क्रान्तिकारीका मधेश प्रदेश प्रमुख सचिव जुबेर आलम लगायतकाे स्थानिय पार्टीका नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे । 

जनयुद्ध दिवसकाे अवसरमा आइतबार मधेश प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...