Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

ठाेरीमा नेपाली कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ४ अन्तर्गत पर्ने ठोरी गाउँपालिकाकाे वडा नं. ४ विजयबस्तीमा आइतबार नेपाली काङ्ग्रेसको पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।

वडा समितिकाे आयाेजनामा भएकाे कार्यक्रममा नेकपा एमालेका जिल्ला समिती सदस्य गणेश बहादुर श्रेष्ठको नेतृत्वमा कृष्ण बहादुर श्रेष्ठ, राजु श्रेष्ठ, खिल बहादुर श्रेष्ठ, कर्ण बहादुर श्रेष्ठ, प्रेम बहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, रविन श्रेष्ठ लगायतका ७० जनाले नेपाली काङ्ग्रेसमा प्रवेश गरेको नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त यादवले जानकारी दिए ।

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि पनि ११ जनाले नेपाली काङ्ग्रेसमा प्रवेश गरेको सभापती यादवले वताए ।

वडा सभापति मिलन श्रेष्ठकाे सभापतित्वमा भएकाे कार्यक्रमममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य रमेश रिजालले नव प्रबेशीहरुलाई फुलकाे माला, खादा र अविरको टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्य्रक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेसकाे मधेश प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, नेता रमेश पाण्डे, सहरुम राउत गद्दी, नवीन सिंह, बलिस्टर अहमद, किशाेर तामाङ लगायकतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन जिवन सापकाेटाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...