Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

ठाेरीमा नेपाली कांग्रेसकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ४ अन्तर्गत पर्ने ठोरी गाउँपालिकाकाे वडा नं. ४ विजयबस्तीमा आइतबार नेपाली काङ्ग्रेसको पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।

वडा समितिकाे आयाेजनामा भएकाे कार्यक्रममा नेकपा एमालेका जिल्ला समिती सदस्य गणेश बहादुर श्रेष्ठको नेतृत्वमा कृष्ण बहादुर श्रेष्ठ, राजु श्रेष्ठ, खिल बहादुर श्रेष्ठ, कर्ण बहादुर श्रेष्ठ, प्रेम बहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, रविन श्रेष्ठ लगायतका ७० जनाले नेपाली काङ्ग्रेसमा प्रवेश गरेको नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त यादवले जानकारी दिए ।

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि पनि ११ जनाले नेपाली काङ्ग्रेसमा प्रवेश गरेको सभापती यादवले वताए ।

वडा सभापति मिलन श्रेष्ठकाे सभापतित्वमा भएकाे कार्यक्रमममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य रमेश रिजालले नव प्रबेशीहरुलाई फुलकाे माला, खादा र अविरको टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्य्रक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेसकाे मधेश प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, नेता रमेश पाण्डे, सहरुम राउत गद्दी, नवीन सिंह, बलिस्टर अहमद, किशाेर तामाङ लगायकतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन जिवन सापकाेटाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...