Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

राजेशमानद्वारा लाेसपा परित्याग गरि एमाले प्रबेश गरेकाे घाेषणा

spot_img
spot_img

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) पर्साका नेता राजेशमान सिंहले पार्टी परित्यागको घोषणा गरेका छन् । वीरगंजमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेता सिंहले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । 

मधेशवादी पार्टीले मधेशी जनता तथा पर्सेली जनतासँग पटक पटक अन्तरघात गरेको भन्दै सिंहले पार्टी छोडेको पत्रकार सम्मेलनमा बताए । बीरगंजमा जनताले मधेश अधिकार तथा प्रजातन्त्रिक आन्दोलनमा अतुल्निय योगदान पु¥याएको भए पनि मधेशी जनता एवम् पर्सेली जनताले केही नपाएको गुनासो गरे ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा आयाेजित पत्रकार सम्मेलनमा वाेल्दै नेता सिंहले मधेशी जनताले गरेको हरेक आन्दोलनलाई दलका नेताहरुले कुर्सीसँग सौदावाजी गरेको तथा पछिल्लो पटक वीरगंज राजधानी बनाउनु पर्ने मागमा पनि मधेशवादी दलका नेताहरुले गद्दारी गरेको आरोप लगाए । एउटा अर्काे प्रसंगमा वाेल्दै सिंहले पर्साले राष्ट्रिय नेता जन्माउन नसक्नुको कारण पर्सेली जनता नै रहेको वताए । उनले जनताले चाहे पर्साले पनि राष्ट्रिय नेता जन्माउन सक्ने दावी गरे ।

उनले पत्रकार सम्मेलनमा यो टेलर मात्र भएको पुरा फिल्म अहिले बाकी रहेको वताए । हजारौको संख्यामा नेताहरु एमालेमा प्रवेश गर्ने तथा पर्सामा मधेशवादी दलको पत्तासाफ हुने उनले दावी गरे ।

नेता सिंहले केपी ओली नेतृत्वमा बन्ने सरकारले मात्र मधेशीहरुको समस्याको समाधान गर्ने सक्ने बताए । पत्रकारहरुको प्रश्नको जवाफ दिदैं सिंहले अगामी स्थानिय तहकाे निर्वाचनमा वीरगंज महानगरको उम्मेदवारको लागि आफुले केपी ओलीसँग बार्गेनिङ्ग नगरेको जिकिर गरे । हामी टिममा बिश्वस गर्ने व्यक्ति भएकोले टिमवर्कमा नै बिश्वास गर्ने नेता सिंहको भनाई थियो ।

पत्रकार सम्मेलनमा नेता राजेशमान सिंह सहित पार्टीका नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, डा. सुरेन्द्रनाथ तिवारी, वडा अध्यक्ष बैजु स्वर्णाकार, रियाज मियाँ ठकुराई, वडा अध्यक्ष राजकिशोर गुप्ता, मदन यादव, आसुतोष चतुर्वेदी, बकिल हवारी, रुपनारायण कुर्मी, महिला नेतृ मिनु ठाकुर, प्रतिमा सिंह, माया गुप्ता, राजु गुप्ता लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

नेता सिंह लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवम् पूर्वमन्त्री शरदसिंह भण्डारीका निकट तथा बिश्वासपात्र रहेका थिए ।

नेता सिंह र पटेललाई पार्टीबाट निष्काशन गरिएकाे दाबी

यता लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पर्सा जिल्ला कार्य समितिले राजेशमान सिंह, प्रेमबाबु पटेल लगायतका केही व्यक्तिहरुलाई पार्टीबाट निष्काशन गरिएकाे जनाएकाे छ । लोसपा पर्सा जिल्ला कार्य समितिले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै साधारण सदस्य समेत नरहने गरी उनीहरुलाई पार्टीबाट निष्काशन गरिएकाे जनाएकाे हाे ।

लोसपा पर्सा जिल्ला समितिका अध्यक्ष पुरुषोत्तम लाल झाद्वारा हस्ताक्षरित विज्ञप्तिमाराजेशमान सिंह, प्रेमबाबु पटेलले पार्टीको अनुशासन, सिद्धान्त र विचार विपरित गतिविधि गरेको हुनाले उनीहरुलाई निष्काशन गरिएको उल्लेख गरिएकाे छ ।

उनीहरुले मधेश आन्दोलन र अधिकार पहिचानको लडाईमा समेत अघात पुर्‍याएको तथा उनीहरु पार्टी निष्कृय रहेको हुनाले उनीहरुलाई निष्काशन गरिएको विज्ञप्ती मार्फत अध्यक्ष झाले जनाएका छन् । साथै सो विज्ञप्तिमा राजेशमान सिंह तथा प्रेमबाबु पटेल लगायतका व्यक्तिहरु कुनै पदमा समेत नरहेको उल्लेख गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...