Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

बैशाखमा हुने स्थानिय तहकाे निर्वाचनमा नेता साेनलकाे आपती

spot_img
spot_img

पर्सा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २०७९ मा गर्न माँग गरेको छ । सरकारले सोमबार मात्र स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ । अघिल्लो पटक तीन चरणमा चुनाव भएको भए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार सबै जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने निर्वाचन आयोगले बताएको छ ।

लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै एकै चरणमा बैशाख ३० गते निर्वाचन भए २०७४ असोज २ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने वताएका छन् । उनले संविधानले स्थानीय जनप्रतिनिधिको पदापधि ५ वर्ष हुन्छ जारी विज्ञप्तीमा उल्लेख गर्दै मधेश प्रदेशका जनप्रतिनिधिको कार्यकाल ५/६ महिना कटौती गर्ने अधिकार कसैलाई नरहेकाे जनाएका छन् ।

मधेश प्रदेशमा आगामी असोजमा निर्वाचन गर्नुपर्ने उनी बताउँछन् । ‘हामी आवधिक निर्वाचनको पक्षमा छौं, स्थानीय निर्वाचन घोषणाको पनि स्वागत गरेका छौं,’ उनले भने, ‘तर कसैको अधिकार कुण्ठित गर्ने कसैको मनसाय हुनुहुन्न । मधेश प्रदेशको निर्वाचन असोजमा गर्ने वातावरण बनाउनुपर्छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...