Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

लाेसपाका नेता सिंह फागुन १४ गते एमाले प्रबेश गर्ने

spot_img
spot_img

वीरगंज । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का नेता राजेशमान सिंह नेकपा एमालेमा प्रबेश गर्ने भएका छन् । नेता सिंहले बुधबार काठमाडाैंमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट गर्दै एमाले प्रबेश गर्ने प्रतिवद्धता जनाएका हुन् ।

भेटघाटकाे क्रममा नेता सिंहले फागुन १४ गते एमाले प्रबेश गर्ने प्रतिवद्धता जनाएकाे नेकपा एमाले वीरगंज महानगरपालिका सचिव सुन्द्र कुर्मीले जानकारी दिए । साे अघि नेता सिंहले एमाले प्रबेश बारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने छन् ।

पार्टी प्रबेशकाे लागि कुरा गर्न काठमाडाैं पुगेका नेता सिंहलाई एमाले अध्यक्ष ओलीले खादा ओढाएर स्वागत गरेका थिए । उनीसंग लाेसपाका नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी लगायतका लाेसपाका नेता तथा कार्यकर्ताहरु समेत ओली निवास पुगेका थिए ।

गत स्थानिय तहकाे निर्वाचनमा नेता सिंह तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट वीरगंज महानगरपालिकाकाे मेयरमा चुनाव लडेका थिए । मेयरमा पराजित भएका नेता सिंह राजपा र संघिय समाजवादी पार्टी मिलेर बनेकाे जनता समाजवादी पार्टी (जसपा) हुँदै पुन: अलगिएर बनेकाे लाेसपामा लागेका थिए ।

स्राेतका अनुसार अब हुने स्थानिय तहकाे चुनावमा नेता सिंह एमालेबाट वीरगंज महानगरपालिकाकाे मेयरमा पुन: चुनाव लडने छन् ।

साेमबार काठमाडाैंमा भएकाे अध्यक्ष ओलीसंगकाे भेटघाटमा नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार गुप्ता, निर्माला देवकाेटा, वीरगंज महानगर सचिव सुन्दर कुर्मी लगायतकाे समेत उपस्थिती रहेकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...