Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

किसानकाे माग पुरा नभए स्थानीय निर्वाचनमा अवरोध गर्छाैं : सीके राउत

spot_img
spot_img

वीरगंज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले किसान आन्दोलनको माँग सम्बोधन गर्न सरकार संग माग गरेका छन् । वीरगंजमा बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राउतले माग पुर नभए बैशाख ३० गते हुने भनिएकाे स्थानीय तहकाे निर्वाचनमा अवरोध गर्ने चेतावनी दिए । 

राउतले पत्रकार सम्मेलनमा भने, ‘मुख्य कुरा किसानको मुद्धा हो । किसानको मुद्धामा सरकार संवेदनशिल हुनुपर्छ । त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं । नत्र तराई मधेशमा झापादेखि बाँके, बर्दिया, कैलाली कञ्चनपुरसम्म अवरोध गर्नेछौं ।’ 

अहिले मधेशमा राउतको नेतृत्वमा रहेको जनमत पार्टीले किसान आन्दोलन गर्दै आएको छ । कृषि मन्त्री मधेशकै भएपनि किसानको माग सुन्न नचाहेको राउतको आरोप छ । किसानका मुद्धा सम्बोधन गर्न सरकार गम्भिर नभए अर्को चरणको आन्दोलन घोषणा गर्ने समेत राउतले बताए ।

उनले किसानको माँग संगै पार्टीकाे राजनितिक माँग बारे समेत पत्रकार सम्मेलनमा जानकारी गराए । अध्यक्ष राउतले तराई मधेसमा जनसंख्या र मातृभाषाको आधारमा स्थानिय तहको निर्वाचन क्षेत्र कायम गर्नुपर्ने बताए । उनले भने, ‘किसानको माँगलाई पहिलो प्राथमिकतामा राखेका छौ, त्यसपछि राजनितिक माँगलाई अगाडी बढाउँछौ, हामीले राजनितिक माँग बारे सरकारलाई अवगत समेत गराई सकेका छौ ।’

उनले अर्को चरणको किसान आन्दोलन फागुन १ बाट हुने समेत जानकारी दिए । मौसमको खराबीका कारण पुर्वपश्चिम राजमार्ग केन्द्रीत आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै उनले १ फागुनबाट सशक्त कार्यक्रम आउने बताए ।

कृषिमन्त्री मधेसकै भए पनि किसानको माँग सुन्नसमेत नचाहेको राउतले आरोप लगाए । डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको माँगमा सरकारले चासो नदिएको भन्दै उनले आक्रोश पोखे ।

मधेस प्रदेशले किसानको समस्या समाधान गर्न गठन गरेको उच्चस्तरीय समिति स्वागत योग्य रहेपनि भरोसा लायक नरहेको आरोप समेत उनले लगाए । अध्यक्ष राउतले उच्चस्तरीया समिति गठन त ग¥यो तर किसानको माँग मधेस प्रदेश सरकारको अधिकार भन्दा बाहिर रहेकोले संघीय सरकार संग किसानको माँग सम्बोधन गर्न ज्ञापन पत्र बुझाएको बताए ।

उनले भने, ‘चार बर्षमा, प्रदेश सरकारले कयौं समिति बनायो तर अहिले सम्म प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन, त्यसैले किसानको माँग सम्बोधन गर्न भनेर बनाईएको उच्चस्तरीय समिति भरोसा लायक छैन ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...