Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

धाेबिनी गाउँपालिकाकाे विवाद सहमतीमा टुङ्गियाे, आन्दाेलन स्थगित

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाउँपालिकाकाे विवाद सहमतीमा टुङ्गिएकाे छ । गाउँपालिकाकाे योजना शाखा प्रमुख पप्पु पटेलमाथी भएकाे दुर्व्यवहार सम्बन्धमा आइतबार इलाका प्रहरी कार्यालय पाेखरियामा भएकाे छलफलमा सहमती भएपछि टुङ्गिएकाे हाे ।  

छलफलकाे क्रममा गाउँ कार्यपालिका सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मीले आफुसंग गल्ती भएको स्वीकार गर्दै अब देखी फेरी यस्तो घटना नदोहोरिने शर्तमा लिखित र मौखित रुपमा योजना प्रमुख पटेलसंग माफी मागेपछि विवाद टुंगिएकाे नेपाल निजामती कर्मचारी संगठन पर्साका सचिव सुरेन्द्र यादवले वताए ।

गत माघ १३ गते धर्मनसहित ५/७ जानाको समूहले याेजना शाखा प्रमुख पटेललाई उनकै कार्यकक्षमा दुर्व्यवहार गरेका थिए । साेही घटनाकाे दाेषी उपर कारवाहीकाे माग गर्दै नेपाल निजामती कर्मचारी संगठन पर्साकाे अगुवाईमा कर्मचारीहरु आन्दाेलन गर्दै आएका थिए ।

आपसी समजदारीमा दाेषी व्यक्तिले गल्ती स्विकार गर्दै अबदेखी त्यस्ताे घटना नदाेहरिने लिखित सहमती गरेपछि जारी आन्दाेलन स्थगित भएकाे संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीले जानकारी दिए ।

योजना शाखा प्रमुख पटेलले घटना भएकाे भाेली  पल्टै दाषीमाथी कारवाहीकाे माग गर्दै इलाका प्रहरी कार्यालय पाेखरियामा उजरी समेत दिएका थिए । साे उजरी दर्ता गर्न सरकारी वकिल कार्यालय पर्साले प्रहरीलाई निर्देशन समेत दिइसकेकाे थियाे ।

छलफलमा धोबिनी गाउँपालिकाका अध्यक्ष सुरेस प्रसाद कुर्मी, प्रमुख प्रशासकीय अधिकृत राजु साह, नेपाली कांग्रेशका नेता रमेश पाण्डे, श्रीकान्त यादव लगायतको उपस्तिथि रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...