Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

माओवादी केन्द्रकाे क्षेत्रिय इन्चार्जमा दास र गद्दी, संयाेजकमा पटेल

spot_img
spot_img

वीरगंज । नेकपा माओवादी केन्द्र पर्सा जिल्ला समन्वय समितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले पार्टीको रिक्त रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ र ४ तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा ३ जना युवालाई जिम्मेवारी दिएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति पर्साका अध्यक्ष रामदरश कुश्वाहाको अध्यक्षता तथा जिल्ला इन्चार्ज विजय महतोको अध्यक्षतामा भएको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को इञ्चार्जमा युवा नेता अमिताभ बच्चन दास ‘रोहित’ लाई जिम्मेवारी दिएको छ ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को इञ्चार्जमा इमदाद गद्दी (सुगा) तथा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को (ख) काे संयाेजकमा संतोष पटेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

पार्टीको सम्मेलन तथा संगठन निर्माण नभएको स्थानीय तहहरुमा संगठन निर्माण गर्ने, १४ वटै स्थानीय तहमा पार्टी कार्यालय खोल्ने, नियमित बैठक बस्ने र लेवी प्रति सदस्य २० रुपैंया उठाउने निर्णय गरिएको पार्टीका जिल्ला सचिव बालेश्वर थारुले जानकारी दिए । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...