Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

प्रमुख प्रशासकिय अधिकृतहरुकाे बैठक सम्पन्न, आन्दाेलनमा एकवद्धता

spot_img
spot_img

वीरगंज । पर्साका प्रमुख प्रशासकिय अधिकृतहरूकाे बिहिबार बैठक सम्पन्न भएकाे छ । वीरगंज महानगरपालिकाकाे कार्यालयमा बसेकाे बैठकले कर्मचारी दुर्व्यवहार विरुद्धकाे आन्दाेलनलाई निरन्तरता दिने निर्णय गरेकाे छ ।

बैठकले कार्यस्थलमा सुरक्षाकाे अनुभुती नभएसम्म आन्दाेलनका कार्यक्रमलाई निरन्तरता दिने र साे आन्दाेलनमा पर्साका सबै स्थानिय तहहरुकाे एकबद्धता रहने, धाेबिनी गाउँपालिकाका याेजना शाखा प्रमुख पप्पु पटेलालाई दुर्व्यवहार गर्नेमाथी प्रहरी प्रशासनबाट कारवाही पक्रिया अगाडी नबढेकाे सम्बन्धमा र कर्मचारीहरुकाे सुरक्षा सवालमा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालसंग कुरा गर्न वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चल राज पाण्डेलाई अनुराेध गर्ने निर्णय गरेकाे छ ।

साथै आन्दाेलन सम्बन्धमा जिल्लास्थित जिल्ला स्तरका सम्पूर्ण ट्रेड युनियनहरु, आधिकारिक ट्रेड युनियन र स्थानिय तहका ट्रेड युनियनहरुसंग समन्वय गरी अगाडी बढने निर्णण गरिएकाे बिन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताए ।

बैठकले जिल्लाका सम्पूर्ण पालिकाकाे प्रमुख प्रमुख प्रशासकिय अधिकृतहरुकाे बैठकले अनिवार्य रुपले १५/१५ दिनमा बस्ने समेत निर्णय गरेकाे छ ।

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पाण्डेकाे अध्यक्षतामा बसेकाे बैठकमा पाेखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव, जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता, छिपहमाई गाउँपालिकाका सुनिल चाैधरी, पकहा मैनपुर गाउँपालिका सुधांशु शेखर प्रसाद, सखुवा प्रसाैनी गाउँपालिकाका अरविन्द ठाकुर लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

सिडियाेले शान्ति सुरक्षा दिलाउन नसकेपछि कर्मचारीहरु आन्दाेलित

यस अघि दुर्व्यवहार गर्नेमाथी कारवाहीकाे माग गर्दै निजामती कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । धाेबिनी गाउँपालिकाका याेजना शाखा प्रमुख पटेलालाई दुर्व्यवहार गर्नेलाई कारवाहीकाे माग गर्दै नेपाल निजामती कर्मचारी संगठन पर्साकाे अगुवाईमा कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

कर्मचारीहरु कार्यालयकाे कामकाज ठप्प पारी कार्यालय समय १०:३० बजेदेखी ११:३० बजे सम्म एक घण्टा जिल्ला प्रशास कार्यालयकाे मुल गेटमा प्रदर्शन गरेका थिए । प्रदर्शनकाे क्रममा कर्मचारीहरुले धाेषीलाई कारवाही गर, शान्ति सुरक्षा कायम गर, कर्मचारी एकता जिन्दावाद लगायतकाे नारा समेत लगाएका थिए ।

गाउँपालिकाकाे वडा नम्बर १ की वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मीसहित ठेकेदार र स्थानीकाे एक समुहले माघ १३ गते बिहिबारका दिन याेजना शाखा प्रमुख पटेललाई दुर्व्यवहार गरेका थिए ।

दाेषीलाई कारवाही गर्न जाहेरी लिएर जादाँ पनि प्रहरीले दर्ता नगरेकाे निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीले वताए । जाहेरी दर्ताकाे लागि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतसंग पहल गर्दा पनि दर्ता नभएकाे उनले गुनासाे गरे ।

अध्यक्ष गिरीले कर्मचारीलाई शान्ति सुरक्षाकाे व्यवस्था मिलाईदिन प्रमुख जिल्ला अधिकारी ढकालसंग मागसमेत गरे । 

गाउँपालिकाबाट कृषकलाई वितरण गर्नु पर्ने मोटर आफुले भनेकाे ठेक्दारमार्फत खरिद नगरेकाे आक्राेशमा धर्मनसहितकाे समुहले योजना शाखा प्रमुख पप्पुलाई उनकै कार्यकक्षमा गाली गलौजसहित लछार पछार गर्दै कुटपिटकाे प्रयास समेत गरेकाे धाेबिनी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजु साहले वताए ।

कर्मचारीहरुका अनुसार धर्मनसहितकाे समुहले पप्पुलाई उन कै कर्यकक्षमा २ घण्टा सम्म थुनी कोठा बाहिर समेत निस्कन दिएका थिएन ।

कर्मचारी संगठनले माघ १७ गते साेमबार कर्मचारी दुर्व्यवहार गर्ने कुर्मीमाथी कारवाहीकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी ढकाललाई ज्ञापन पत्रसमेत बुझाएकाे थियाे । ज्ञापन पत्रकाे सङ्गबन्धमा कुनै सुनवाई नभएपछि कर्मचारीहरु आन्दाेलित भएका हुन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...