Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

कर्मचारी दुर्व्यवहार गर्नेलाई कारवाही गर्न संगठनकाे २४ घण्टे अल्टिमेटम

spot_img
spot_img

वीरगंज । कर्मचारी दुर्व्यवहार गर्नेलाई कारवाही गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठन पर्साले साेमबार पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाएकाे छ । धाेविनी गाउँपालिकाका याेजना शाखा प्रमुख पप्पु पटेलालाई दुर्व्यवहार गर्नेलाई कारवाहीकाे माग गर्दै संगठनले ज्ञापन पत्र बुझाएकाे हाे ।

गाउँपालिकाकाे वडा नम्बर १ की वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मीसहित ठेकेदार र स्थानीकाे एक समुहले माघ १३ गते बिहिबारका दिन याेजना शाखा प्रमुख पटेललाई दुर्व्यवहार गरेका थिए ।
 
संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेकाे कर्मचारीहरुकाे एक समुहले दुर्व्यवहार गर्ने कुर्मीमाथी कारवाही गर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी ढकाललाई ज्ञापन पत्र बुझाएकाे हाे ।
 
गाउँपालिकाबाट कृषकलाई वितरण गर्नु पर्ने मोटर आफुले भनेकाे ठेक्दारमार्फत खरिद नगरेकाे आक्राेशमा धर्मनसहितकाे समुहले योजना शाखा प्रमुख पप्पुलाई उनकै कार्यकक्षमा गाली गलौजसहित लछार पछार गर्दै कुटपिटकाे प्रयास समेत गरेकाे थियाे ।
 
धर्मनले एक जना ठेकेदारसंग कमिशन लिएर उनलाई नै मोटर खरिदका लागि जिम्मा दिने डिल गरेका थिए । तर त्याे ठेक्दारकाे सप्लार्यस मार्फत गाउँपालिकाले माेटर खरिद नगरेपछि धर्मनसहितकाे समुहले बिहिबार गाउँपालिकाकाे याेजना शाखा प्रमुख पप्पुकाे कै कर्यकक्षमा उनलाई २ घण्टा सम्म थुनी कोठा बाहिर समेत निस्कन नदीई बेइज्जत गरेका थिए ।
 
संगठनले बुझाएकाे ज्ञापन पत्रमा राष्ट्र सेवक कर्मचारीहरुको मनोबल कमजोर हुने तथा सेवा प्रवाहमा समेत प्रभावकारीता कायम नरहने कुरा ज्ञापनमार्फत सचेत गराउँदै कर्मचारी संगठनले यसरी प्रतिशोध तथा पूर्वाग्रहबाट प्रेरित भएर कर्मचारीहरुको मान सम्मान तथा इज्जत प्रतिष्ठासँग खेलवाड गर्ने निज धर्मनलाई कानुन बमोजिम यथासिघ्र कारवाही गरी पिडित कर्मचारीलाई न्याय दिन प्रशासनसंग माग गरेकाे छ ।
 
दाेषीलाई २४ घण्टाभित्र समातेर कारवाही पक्रिया अगाडी नबढाए पर्सा जिल्लाको सम्पूर्ण स्थानिय तह लगायत अन्य कार्यालयहरु बन्द गरी आन्दाेलनकाे अन्य कार्यक्रमहरु अगाडी बढाइने चेतावनी दिदै संगठनले सोको सम्पूर्ण जिम्मेवार जिल्ला प्रशासन कार्यालय पर्साकाे हुने जनाएकाे छ ।
 
ज्ञापन पत्र बुझाउन निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष सुबेदार यादव, नेपाल निजामती कर्मचारी संगठन पर्साका उपाध्यक्ष सन्दिप कुमार पटेल, सचिव सुरेन्द्र यादव, काेषाध्यक्ष राजेश राम, धाेविनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह लगायतकाे कर्मचारीहरु पुगेका थिए ।  
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...