Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

भ्रष्टाचारमुक्त देश बनाउन पत्रकारकाे जिम्मेवारी महत्वपूर्ण : पूर्वमन्त्री चाैरसिया

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री अजय कुमार चाैरसियाले भ्रष्टाचारमुक्त देश बनाउन सबै भन्दा बढी जिम्मेवारी पत्रकारकाे भएकाे वताएका छन् । कालिका टाईम्स दैनिकाे प्रथम बार्षिकाेत्सवकाे अवसरमा आयाेजित निजामती कर्मचारी र पत्रकार बिचकाे मैत्रिपूर्ण फूटबल प्रतियाेगितामा वाेल्दै नेता चाैरसियाले पत्रकारहरुले चाहे भ्रष्टारमुक्त देश बनाउन सक्ने वताए ।

उनले भने “खेलले  समाजलाई अनुशासित बनाउने काम गरेहेकाे हुन्छ । खेल खेल्दा एउटा संदेश दिइरहेका हुन्छ, खेलाडीहरुले खेलकाे नियमकाे अधिनमा रहेर अनुशासित भएर जसरी खेलखेली रहेका हुन्छन् । त्यस्तै सबैले आ आफ्ना पेशा र व्यवसाय अनुसार इम्दारिता, नैतिकता पालना गर्नु पर्ने हुन्छ ।”

कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका नेता चाैरसियाले देश बनाउने हाे, देशकाे विकास गर्ने हाे भने हामीले सुशासन, प्रदारिर्शता र भ्रष्टाचार मुक्तकाे पक्षमा उभ्नै पर्ने वताए । उनले भने “पत्रकारहरुले चाहे पब्लिक ओपनियन, भ्रष्टाचारमुक्त शासन, प्रशासन, प्रदार्शिताकाे पक्षमा देशलाई उभाउन सक्छन् । राजनितिककर्मी भित्र रहेकाे कमिकमजाेरी केलाउन सक्छन् ।”

जनताले चाहेकाे सुशासन, प्रदार्शिता भ्रष्टाचारमुक्तका लागि राजनितिकर्मी, कर्मचारी, पत्रकार सबैले आफ्नाे पेशा र व्यसाय अनुसार नैतिक मुल्य र मान्य अनुसार दायित्व निभाउनु पर्ने नेता चाैरसियाकाे भनाई थियाे । उनले कालिका टाईम्सलाई सुभकामना दिदै पत्रिकार स्थानिय स्तर मै समिति मात्र नरही प्रदेशस्तर र राष्ट्रिय स्तरकाे बन्नु पर्ने वताए । 

कार्यक्रमका विशिष्ट अतिथी प्रदेश सभा सदस्य राजेश्वर साहले कालिका टाईम्स दैनिककाे अगामी यात्राकाे सफलताकाे कामना गर्दै शुभकामना दिदै जनतामुखि कलम चलाउनु पर्ने वताए ।

उनले कालिका टाईम्सले धेरै संघर्ष र कठिनाईहरु पार गर्दै दाेस्राे बर्षमा प्रबेश गरेकाे वताउँदै अगामी दिनमा झन राष्ट्र, समाज र जनताकाे लागि जनतामुखी विकृतिहरु हटाउन अझै सशक्त भएर जनताकाे माझ सत्य तथ्य र निश्पक्ष समाचाहरुले पकाशन गर्नु पर्ने  वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...