Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

बजेट निकासा भएपनि पुल निर्माण नहुँदा स्थानिय मार्कामा

spot_img
spot_img
वीरगंज । पर्साको धोबिनी गाउँपालिका वडा नं. १ घोडदौडास्थित ओरिया खोलामा निर्माण भइरहेको झोलुङ्गे पुल निर्माण नहुँदा स्थानीयहरु मर्कामा परेका छन् । विगत ३ वर्ष अगाडि निर्माण कार्य शुरु गरिएको झोलुङ्गे पुलको बजेटमा व्यापक भ्रष्टाचार हुँदा निर्माण कार्य अलपत्र परेपछि स्थानीयहरु मर्कामा परेका हुन् ।
 
निर्माण कार्य अलपत्र भएसँगै धोबनी गाउँपालिकाको एउटा बस्ती नेपालसँग सम्पर्क विहीन नै हुने भएकाे छ । पुल निर्माण नहुँदा धोबिनी गाउँपालिकाको वडा नं. १ मै पर्ने करिब ३ सय घरधुरीको बस्ती पालिकासँगै सम्पर्क विहीन हुने गरेको छ । वर्षा याममा ओरिया खोलामा बाढी आएपछि उक्त टोल पालिकासँग सम्पर्क विहीन हुने गरेको स्थानीयहरुको भनाई छ ।
 
केही सामान किन्नको लागि भारतमै जानुपर्ने अवस्था छ । पालिकाको कामको लागि पनि स्थानीयहरु नदी तरेर आउनुपर्ने हुन्छ, भन्दै उनीहरुले विरामी पर्दा एम्बुलेन्स जान सक्ने अवस्था छैन, यातायातको सुविधा छैन, पुल निर्माण हुँदा केही सहजता हुने विश्वास थियो तर उपभोक्ता समितिले निर्माण कार्य नगर्दा समस्या भएको स्थानीयहरुको भनाई छ ।
 
घोडदौडालाई पालिकासँग जोड्नको लागि ८ महिनामा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने गरि २०७५ सालमा उपभोक्ता समिति र गाउँपालिकासँग सम्झौता भएको थियो । करिब ९६ लाखको बजेटमा निर्माण हुन लागेको उक्त पुल निर्माणका लागि उपभोक्ता समितिले ५३ लाख रुपैया पालिकाबाट निकाशा गराई सकेको छ तर निर्माण कार्यको नाममा १०/१० फिटको २ वटा विम्ब मात्रै खडा गरिएको छ ।
 
स्थानिय सुरेश प्रसाद कुर्मीको अध्यक्षतामा गठित उपभोक्ता समितिले निर्माणको कार्यको जिम्मा लिएको थियो । २०७५/०७६ को जेष्ठ मसान्तमा सम्झौता भएको ३ वर्ष हुन लाग्दा हालसम्म झोलुङ्गे पुल निर्माण हुन सकेको छैन । पैसा अभावमा अहिले निर्माण कार्य अलपत्र छाडिएको छ ।
 
उपभोक्ता समितिले सम्झौता भएसँगै २ पटक गरि ५३ लाख पेश्की लिई सकेको छ । सम्झौता भएकै वर्ष २०७५/०७६ मा ३५ लाख तथा २०७६/०७७ मा १८ गरि उपभोक्ता समितिले ५३ लाख पेश्की लिइसकेको छ । पेश्की पठाइएको ४ दिनभित्र बैंकबाट पुरै पैसा निकालिएको छ तर त्यो पैसा कहाँ गयो ? कसले लियो भन्ने अतो पतो छैन ।
 
हाल उपभोक्ता समितिको खातामा ६ हजार मात्रै पैसा रहेको छ । पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले उक्त पेश्की दिएका हुन् । अधिकृत रौनियारले पालिकामा एउटा मात्रै होइन, अस्पताल भवन निर्माण कार्यदेखि अन्य विकास निर्माण कार्यमा पनि निर्माण कार्य नहुँदै धमाधम पेश्की दिएका छन् ।
 
उनी सरुवा भएपछि २०७८ को असोज ८ गते प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका राजु साहले कात्तिक १० गते उपभोक्ता समितिको नाममा निर्माण कार्य किन हुन नसकेको भनेर चिठी काटेपछि निकाशा भएको बजेटमा भ्रष्टाचार भएको रहस्य बाहिरिएको थियो ।
 
यसबारे प्रमुख प्रशासकीय अधिकृत राजु साहले २०७५ सालमा उपभोक्ता समितिसँग ८ महिनामा निर्माण सम्पन्न गर्न सम्झौता भएपनि तीन वर्ष वित्न लाग्दा हालसम्म निर्माण कार्य हुन नसकेको बताए । ओरिया खोला पारी भारतसँग जोडिएको कारण उक्त बस्तीमा अपराधिक गतिविधि समेत हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारले १ करोडको योजना ल्याएको थियो तर विडम्बना बजेटमा भ्रष्टाचार भएपछि निर्माण कार्य अलपत्र परेको हो ।
 
वर्षा याममा उक्त बस्ती नेपालसँग ३ महिनासम्म सम्पर्क विहीन हुने गरेको छ । यस अवस्थामा सो पुल चाँडो भन्दा चाँडो बनाउनुपर्नेमा उपभोक्ता समितिले निर्माण कार्य अलपत्र पारेपछि स्थानीयहरु मर्कामा परेको उनको भनाई छ ।
 
उपभोक्ता समितिको खातामा ५३ लाख गइसक्या छ र त्यस खाताबाट सबै पैसा गायब भएको छ, काम भने ५/६ लाखको मात्रै भएको भन्दै आफू हाजिर भएपछि निर्माण गर्न ताकेता गर्दा विभिन्न चलखेल शुरु भएको बताए ।
 
गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले यसबारे आफूलाई औपचारिक रुपमा केही जानकारी नरहेको बताए । उनले आफूले सुने अनुसार यो गाविसकै बेलाको बजेट रहेकोले आफूले उपभोक्ता समिति गठन गराई उनीहरुलाई नै निर्माण कार्यको जिम्मा लगाएको कारण यसबारे उपभोक्ता समितिलाई नै औपचारिक जानकारी हुने बताए ।
 
उनका अनुसार पुल निर्माणको कार्य तलको काम सम्पन्न भइसकेको र फ्लामको लागि सम्झौता भइसकेको तर कोरोना संक्रमणको कारण ल्याउन नसकिएकोले पुुल निर्माणमा ढिलाई भएको बताए ।
 
पुल निर्माण नभएपछि स्थानीयहरुलाई आउजाउ गर्न समस्या भएको आफूलाई पनि जानकारी रहेको बताए । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेकोले अख्तियारले छानविन गरि रहेकोले यसमा आफ्नो केही संलग्नता नरहेकोले उपभोक्ता समितिका अध्यक्ष र आफ्नो नाम एउटै रहेको कारण आफूलाई बद्नाम गराउन खोजिएको बताए ।
 
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...