Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पुन: मेयर मै चुनाव लड्छु : मेयर सरावगी

spot_img
spot_img

वीरगंज । स्व. विजयप्रकाश विन दोस्रो स्मृति पत्रकारिता पुरस्कारबाट वीरगंजका अग्रज पत्रकार पुरुषोत्तम सिँह भट्टराई पुरस्कृत भएका छन् । स्व. विन्दुदेवी स्मृति प्रतिष्ठानद्वारा स्थापित पत्रकारिता पुरस्कार यस बर्ष भट्टाराईलाई प्रदान गरिएकाे हाे । 

कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले पुरस्कार राशी ११ हजार १ सय ११ रूपैंयासहित फुल, माला र सम्मान पत्रले भट्टराईलाई सम्मान गरेका थिए । 

पुरस्कार वितरण समाराेहलाई सम्बाेधन गर्दै मेयर सरावगीले वीरगंजकाे व्यावसायिक पत्रकारिता विकासमा साथ र सहयोग सदैव रहेन बताए । उनले इतिहासलाई जीवित राख्न अग्रजहरुको योगदानको सम्मान गर्न आवश्यक रहेको समेत वताए ।

 मेयर सरावगीले वीरगंज महानगरपालिकाले सञ्चार माध्यमहरुको विकास र सम्वद्र्धनका लागि पहिलो पटक सञ्चार ऐन ल्याएको बताउँदै यसले बीरगंजकाे पत्रकारिताको विकास र वीरगंजकाे विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

उनले आगामी स्थानीय तहको निर्वाचनमा पुनः आफुले मेयरमै चुनाव लड्ने वताए । मेयर सरावगीले यस अघि पनि एक कार्यक्रममा वाेल्दै पार्टीले टिकट दिए आफु पुन: मेयर मै चुनाव लड्ने वताएका थिए । 

प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने लगायतको उपस्थिती रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...