Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

तीनै तहकाे निर्वाचन एकैपटक हुनुपर्छ : राष्ट्रियसभा सदस्य अर्याल

spot_img
spot_img

वीरगंज । नेकपा माओवादी केन्द्रकी नेतृ एवम् नवनिर्वाचित राष्ट्रियसभा सदस्य उर्मिला अर्यालयले तीनै तहकाे निर्वाचन एकैपटक हुनु पर्ने वताएकी छन् । समाजवादी प्रेस संगठन पर्साले शुक्रबार वीरगंजमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा वाेल्दै नेतृ अर्यालयले तीनै तहकाे निर्वाचन एकैपटक हाेस् भने आफुले चाहेकाे वताएकी हुन् । 

उनले राष्ट्रियसभाको निर्वाचनमा आफूलाई मत दिएर निर्वाचित गराएकाेमा पाँच दलीय गठबन्धनलाई धन्यवाद दिइन् । उनले हाल देशको शासन सत्ता चलाइरहेको पाँच दलीय गठबन्धनलाई अझ बलियो बनाउनुपर्नेमा शीर्ष नेताहरूको ध्यानाकर्षण गराइन् ।

वीरगंजकाे राधेमााईस्थित पार्टी कार्यालयमा भएकाे पत्रकार सम्मेलनमा वाेल्दै अर्यालले मधेश प्रदेशको विकासको मुद्दा गहन रुपले उठाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले पर्सा जिल्लाको विकासमा आफुले विशेष भुमिका निभाउने बताइन् ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै अर्यालले सन्तुलित रुपमा मधेश प्रदेशको राजधानी जनकपुरधाम बनाईएको बताईन् । उनले भौगोलिक र पूवार्धारकै हिसाबमा जनकपुरधामलाई राजधानी बनाईएको बताईन् ।

पर्सावासी वीरगंजलाई प्रादेशीक राजधानी बनाउँनु पर्ने माँग राख्दै दिनहुँ आन्दोलन गरीरेहेकाे समयमा नवनिर्वाचित राष्ट्रिय सभा पर्साकी नेतृ अर्यालले मधेश प्रदेशको राजधानी जनकपुर उपयुक्त ठाउँमा रहेको बताएकी हुन् । सप्तरीमा राजधानी राख्दा वीरगंजबासी रिसाउँथे होला, उलने भनिन्, ‘सन्तुलन बनाउँन मधेश प्रदेशको विचमा रहेको र भौगोलिक र पूर्वाधारको आधारमा जनकपुर नै राजधानी उपयुक्त छ ।

महिलाहरुलाई राजनितिक, आर्थिक तथा सामाजिक रुपमा कसरी अगाडि बढाउने भन्ने विषयमा पनि आफुले राष्ट्रिय सभामार्फत काम गर्ने अर्यालले दाबी गरिन् ।

समाजवादी प्रेस संगठनको अध्यक्ष मनोज पटेलको अध्यक्षमा भएको पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य पस्मिना कादरी, माओवादी केन्द्रका पर्सा जिल्लाा इन्चार्ज विजय महतो, जिल्ला संयोजक रामदरश कुशवाहा लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन संगठनका उरपाध्यक्ष शम्भु कुमार सुमनले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...