Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

राष्ट्रिय सभा सदस्यमा पर्साकी उर्मिला अर्याल विजयी

spot_img
spot_img

वीरगंज । राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशबाट महिलातर्फ सत्ता गठबन्धनका उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार पर्साकी अर्याल महिला समूहबाट विजयी भएकी हुन् ।

अर्याल ६ हजार १ सय ५६ मतभार सहित विजयी भएकी निर्वाचन आयाेग नेपालका प्रवक्ता एवम् सह सचिव शालिग्राम शर्मा पाैडेलले जानकारी दिए । अर्याल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गठबन्धनकी उम्मेदवार थिइन ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले-लोसपा गठबन्धनबाट महिला उम्मेदवार रुपाकुमारी यादवले ३ हजार २२८ मतभार ल्याएकी हुन्। यादव लोसपाबाट उम्मेदवार थिइन ।

४३२ मतभार बदर भएको छ । स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जस अनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेश सभाका ४ हजार ९९२ गरी कूल ९ हजार ८१६ मतभार रहेको छ ।

त्यस्तै, राष्ट्रिय सभा सदस्यमा मधेश प्रदेशबाट अन्य समूहमा माेहमद खालिद निर्वाचित भएका छन् । सत्ता गठबन्धन कै उम्मेदवार खालिद ६ हजार ६ सय ७८ मत भारसहित विजयी भएका हुन् ।

खालिद जनता समाजवादी पार्टीका उम्मेदावर थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...