Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

राष्ट्रिय सभा सदस्यमा पर्साकी उर्मिला अर्याल विजयी

spot_img
spot_img

वीरगंज । राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशबाट महिलातर्फ सत्ता गठबन्धनका उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार पर्साकी अर्याल महिला समूहबाट विजयी भएकी हुन् ।

अर्याल ६ हजार १ सय ५६ मतभार सहित विजयी भएकी निर्वाचन आयाेग नेपालका प्रवक्ता एवम् सह सचिव शालिग्राम शर्मा पाैडेलले जानकारी दिए । अर्याल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गठबन्धनकी उम्मेदवार थिइन ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले-लोसपा गठबन्धनबाट महिला उम्मेदवार रुपाकुमारी यादवले ३ हजार २२८ मतभार ल्याएकी हुन्। यादव लोसपाबाट उम्मेदवार थिइन ।

४३२ मतभार बदर भएको छ । स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जस अनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेश सभाका ४ हजार ९९२ गरी कूल ९ हजार ८१६ मतभार रहेको छ ।

त्यस्तै, राष्ट्रिय सभा सदस्यमा मधेश प्रदेशबाट अन्य समूहमा माेहमद खालिद निर्वाचित भएका छन् । सत्ता गठबन्धन कै उम्मेदवार खालिद ६ हजार ६ सय ७८ मत भारसहित विजयी भएका हुन् ।

खालिद जनता समाजवादी पार्टीका उम्मेदावर थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...