Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

बालिकालाई भारततर्फ लैजानेक्रममा एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । मानव बेचबिखन तथा ओसारपसारकाे अभियाेगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएकाे छ । १४ बर्षिया बालिकालाई अर्घाखाँची लगेर बिहे गर्ने भनेर भारत लैजान खोजेको युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ भने पीडित बालिकाको उद्धार गरेको छ ।

बैतडी जिल्ला घर भएकी बालिका गत माघ ७ गतेदेखि सम्पर्कविहीन रहेको र निजको खोजतलास भइरहेको अवस्थामा माघ १० गते वीरगंजबाट रक्सौल लैजान लागेको अवस्थामा शङ्कराचार्य गेटमा खटिएको प्रहरी टोली र माइती नेपाल संस्थाको समन्वयमा सोधपुछको क्रममा शङ्कास्पद अवस्थामा बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बालिकालाई अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ७ घर भई हाल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १ पोखरा बसपार्क बस्दै आएका २८ वर्षीय राजु अधिकारीले ललाइफकाइ भारततर्फ लगिरहेको अवस्थामा निजलाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

अभियुक्त अधिकारीले बालिकालाई बैतडीमै पुगेर आफ्नो कब्जामा पारी माघ ७ गते नै लिएर आएको र आफ्नो घर अर्घाखाँची लैजाने तथा अहिले घरमा बस्ने, उमेर पुगेपछि बिहे गर्ने प्रलोभन देखाएर भगाएको अनुसन्धानको क्रममा खुलेको प्रहरी प्रवक्ता खनालले बताए ।

अभियुक्तलाई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता खनालले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...