Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लागु औषधसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । बाराकाे कलैया उपमहानगरपालिका वडा नं.१३ बलिरामपुर बस्ने वर्ष ३७ को निरज कुमार मेहतालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले  साेमबार दिउसाे २ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.२५ सिर्सियास्थितबाट मेहतालाई पक्राउ गरेकाे हाे ।

शंकाष्पदरूपमा पैदल हिंडिरहेका मेहताले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाइछिपाई ल्याएको लागु औषध नुफ्रिन ८० एम्पुल, डाइजीपाम ८० एम्पुल र फेनारगण ८० एम्पुल गरी जम्मा २४० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उल्लेखित लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...