Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

निरहूआसँग भाेजपुरी फिल्म खेल्दै शिल्पा

spot_img
spot_img

अभिनेत्री शिल्पा पोखरेलको रोमान्स भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँग रहने भएको छ । उनी दुई भाेजपुरी फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा निरहुआको अपोजित भूमिकामा देखिन लागेकी हुन् ।

सोनु खत्रीको निर्देशन रहने यी दुबै फिल्ममा शिल्पा हालै अनुबन्धित भएकी हुन् । फिल्ममा अभिनेत्री अम्रपाली दुबेको समेत अभिनय रहनेछ । फिल्म निर्माण घोषणा हालै भएको थियो । कार्यक्रममा  शिल्पाले भोजपुरीमा फिल्म रहरले भन्दा पनि आफ्नो स्थान बनाउन अभिनय गर्न लागेको बताएकी थिइन् ।

यस अगाडि शिल्पाले ‘जय शम्भु’ र ‘प्रेमगीत २’ नाम भोजपुरी फिल्म अभिनय गरेकी छन् । ‘लज्जा’ बाट नेपाली फिल्म अभिनय डेब्यु गरेकी शिल्पाले ‘मंगलम, वीरांगना, हवल्दार सुन्तली, बृन्दावन’ थुप्रै नेपाली फिल्म अभिनय गरेकी छन् । पछिल्लो समय उनी निर्माता पति छविराज ओझासँगको घरायसी झगडाको कारण चर्चामा छाएकी थिइन् ।

भोजपुरी फिल्म अभिनय गर्ने शिल्पा पहिलो नेपाली कलाकार भने होइन । अभिनेता विराज भट्ट, नीता ढुंगाना लगायतले समेत भोजपुरी फिल्म अभिनय गरिसकेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार...