Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपा पर्साकाे विवाद : दुबै समुहकाे आ आफ्नै दाबी

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साकाे विवाद झन चुलिँदै गएको छ। पछिल्लो हप्ता दुई छुट्टाछुटटै समूहले जिल्ला कार्यसमिति गठन र पुनःगठन गरेका थिए । केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट समूहले गत माघ २ गते मन्जुर अन्सारीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति गठन गरेको थियाे ।

उपेन्द्र निकट रहेका पहिलेका अध्यक्ष रामनरेश यादवको समूहले भने गत शुक्रबार छुट्टै भेला गरेर जिल्ला कार्यसमिति पुनःगठन गरेको छ । पर्सामा गठन भएका दुई छुट्टाछुटटै जिल्ला कार्य समितिबारे अहिले आएर जसपाको मधेस प्रदेश समितिमा पनि विभिन्न विवाद देखिएकाले पर्सामा जसपाभित्रको विवाद झन् उत्कर्षमा पुगेको हो ।

जसपाको मधेस प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादवले शनिबारमात्रै एक विज्ञप्ति जारी गरेर पर्सा जिल्लामा राम नरेश यादवले नेतृत्व गरेको जिल्ला कार्य समिति नै पार्टीको आधिकारिक रहेको जनाएको छ ।

पार्टीको मेधश प्रदेश कमिटीले पर्सा जिल्लामा पार्टीको जिल्ला कमिटी बनेको बिषयमा बिभिन्न संचार माध्यमबाट जानकारी प्राप्त भएको समेत बिज्ञप्तिमा उल्लेख छ । बिज्ञप्तिमा जिल्ला पार्टी एकतापछि समायोजनको काम बाँकी रहेको र त्यो घोषणाको जिम्मेवारी प्रदेश समितिमा निहित रहेको उल्लेख छ ।

समायोजनको काम प्रदेशले गर्ने भन्दै बिज्ञप्तिमा पर्सामा पार्टी समायोजनको काम छलफलको चरणमा रहेको भन्दै प्रदेश सभा सदस्य मन्जुर अन्सारीको नेतृत्वमा बनेको समितिलाई अबैध भएको ठहर गरेको छ । 

मधेश प्रदेश समितिका उपाध्यक्ष सुशिल यादवले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै अब्दुल रहिम (मञ्जुर) अन्सारी अध्यक्ष रहेको जिल्ला समितीले नै वैद्यानिक रहेकाे जनाएका छन् । उपाध्यक्ष यादवले प्रेस विज्ञप्ती जारी गर्दै अन्सारीको अध्यक्षतामा गठीत तदर्थ समितिी नै आधिकारिक भएको दावी गरेका हुन् ।

मधेश प्रदेश समितिका सचिव दिनेश कुमार यादवले जारी गरेको विज्ञप्ती एकलौटी र मनोमानी रहेको बताउँदै उपाध्यक्ष साहले विज्ञप्तीमार्फत आपत्ति जनाएका छन् । झण्डै दुई तिहाई सदस्यको बहुमतका आधारमा गठीत समिति नै आधिकारिक भएको बताउँदै उनले यस विषयमा मधेश प्रदेश समितिको बैठक बसेर छलफल गरी निस्कर्ष निकाल्ने पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

मुख्य सचिव यादवले व्यक्तिगत रुपमा हस्ताक्षर गरेर जिल्ला समितिलाई आधिकारिक हो भनेर भ्रम फैलाएकोमा पनि उनले विज्ञप्तीमार्फत खेद प्रकट गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...