Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

राजधानी माग्दै वीरगंजमा छैठाे दिन सिटी जुलश

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे राजधानी जनकपुरधाम ताेकिएपछि पर्सामा सुरु भएकाे आन्दाेलन छैठाे दिन पनि जारी रह्याे । वीरगंजलाई प्रदेशकाे राजधानी बनाउनु पर्ने माग गर्दै आन्दाेलन गर्दै आएकाे सयुक्त युवा विद्यार्थी संगठनले छैठाे दिन शनिबार वीरगंजमा सिटी जुलुश निकालेकाे थियाे ।

ठाकुराम बहुमुखी क्याम्पसबाट निस्केकाे सिटी जुलुश आदर्शनगर हुँदै माईस्थान सम्म पुगेकाे थियाे । जुलुशमा मुख्यमन्त्री मुर्दावाद, गद्दार विद्यायकहरु मुर्दावाद, जनकपुरलाई राजधानी मान्दैनाैं, वीरगञ्जलाई राजधानी कायम गर लगायतकाे नारा लेखिएकाे प्ले कार्डसहित सहभागि थिए । जुलुशमा सहभागिहरु टाउकाेमा कालाे पट्टी समेत बाधेका थिए ।

संगठनका अध्यक्ष मोहमद नेजामको अध्यक्षतामा निस्केकाे जुलुशमा नेविसंघका सुधिर पटेल, युवा संघका अरुण यादव, अनिल पटेल, लोसपाका सुजित गिरी, अनेरास्ववियु ठाकुरराम बहुमुखी क्याम्पस इकाई कमिटी अध्यक्ष आशिफ अहमद, अखिल क्रान्तिकारीका वीरगञ्ज महानगर सचिव मिरोज अहमद लगायतको सहभागिता रहेको थियो ।

यस अघि आन्दाेलनकाे पांचाै दिन शुक्रबार सांझ संयुक्त विद्यार्थी संगठनले वीरगंजमा मशाल जुलुश निकालेकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...

पर्सामा स्रोत नखुलेको भारतीय २ लाख भन्दा बढी रुपैयाँसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३:५० बजे...

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...