Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

हरिखेतानमा क्याम्पस प्रमुख यादवकाे रजाई विरुद्ध आन्दाेलन घाेषणा

spot_img
spot_img

वीरगंज ।  नेपाल विद्यार्थी (नेवि) संघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई समितिले हरिखेता बहुमुखी क्याम्पस वीरगंजका प्रमुख डा. भगवान प्रसाद यादव विरुद्ध आन्दोलनकाे कार्यक्रम घाेषणा गरेको छ ।

नेवि संघले ज्ञापन पत्र मार्फत ७ बुँदे मागसहित ३ दिने अल्टिमेटम दिँदा पनि क्याम्पस प्रमुख यादवले कुनै वास्ता नगरेको जनाउँदै आन्दोलनका कार्यक्रम घाेषणा गरिएकाे जनाएकाे छ । बिहिवार नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा पत्रकार सम्मेलन गर्दै नेवि संघ ठाकुर राम एकाई समितिका सभापति मनोज कुमार साहले भाेली (शुक्रबार) माघ ७ गतेदेखि १२ गतेसम्मका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनीक गरेको हुन् ।

उनले आन्दाेलनकाे कार्यक्रम सार्वजनिक गर्दै क्याम्पस प्रमुख र क्याम्पस प्रशासनकाे तर्फबाट हाम्राे माग प्रति कुनै चासाे नभएकाेले क्याम्पसमा निश्चित रुपले कहि कतै कुनै ना कुनै  किसिमले अभिभावक र कानुनलाई आफ्नाे गाेजी ठानेर मन लाग्दाे किसिमकाे क्याम्पस संचालन गर्दै आएकाे आराेप लगाए ।

सभापति साहले क्याम्पस प्रमुख यादवकाे गैर जिम्मेवार पूर्ण रवैयाकाे भण्डाफाेर गर्न हरिखेतान क्याम्पसलाई शुसान र सहि बाटाेमा ल्याउन एक भ्रष्ट र हैकमवादी चित्रण रहेकाे प्रमुख विरुद्ध चरणबद्ध आन्दाेलनकाे कार्यक्रम घाेषणा गरिएकाे वताए ।

 नेवि संघले सार्वजनिक गरेकाे आन्दाेलनकाे कार्यक्रम अन्तर्गत माघ ७ गते शुक्रबार हरिखेतान क्याम्पसको मुल गेटमा १ घण्टा धर्ना दिने, माघ ९ गते आइतवार सञ्चालक समितीका सदस्यहरुलाई ज्ञापन पत्र बुझाउने र छलफल गर्ने, माघ १० गते पर्सा जिल्लाका पार्टी सभापतिहरुलाई ज्ञापन पत्र बुझाउने, माघ ११ गते घण्टाघरमा हस्ताक्षर अभियान सञ्चालन गर्ने जनाएकाे छ ।

यस्तै, माघ १२ गते प्रधानमन्त्री, शिक्षा मन्त्री, टियुका डियन र प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत दबाबमुलक म्यासेज पठाउने र अन्तिममा शिक्षा मन्त्रीलाई प्रत्यक्ष भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको संघका एकाई सभापति साहले पत्रकार सम्मेलनमा जानकारी गराए ।

विज्ञप्तीमार्फत क्याम्पस प्रमुख डा. यादवले अभिभावक र कानुनलाई आफ्नो गोजीको पेवा बनाएर मनोमानी ढंगले क्याम्पस सञ्चालन गरीरहेको आरोप लगाइएको छ । 

नेवि संघले ४ दिन अघि हरि खेतान बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस भएकोले सामुदायिकको विधि विधान अनुरूप संचालन हुने गरी सरकारी क्याम्पस झै क्याम्पस प्रमुखको कार्यकाल तीन/चार बर्षमा परिर्वतन हुनुपर्ने, सरकारी क्याम्पसको मान्यता अनुसार प्रत्येक संकायको प्रत्येक वर्षमा नियमानुसार विद्यार्थीको भर्ना संख्या अनुसार २० प्रतिशतलाई अनिवार्य निशुल्क छात्रवृत्ति तथा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, वीरगंज विश्व विद्यालय स्थापनाको नाममा संकलित रकमको आजसम्मको हरहिसाब र विश्व विद्यालयको कार्यप्रगति सार्वजनिक गर्नुपर्ने माँग राख्दै ज्ञापन पत्र बुझाएकाे थियाे ।

यस्तै, संघले क्यु.ए.ए. क्वालिफाईड क्याम्पस भएकोमा टियुको युजिसि ग्रान्टको रकम कुन ठाउँमा र कसरी खर्च हुने गरेको छ त्यो पनि सार्वजनिक गर्नुपर्ने, कर्मचारी भर्नाको प्रक्रिया तथा भर्ना गरिएको कर्मचारीहरु बर्षाै बर्षाैदेखि कार्यरत हुँदा निजहरूको सन्चय कोषको रकम वा समाजिक सुरक्षा कोषको रकम कट्टा गरि सम्बन्धित कार्यालय किन जम्मा नगरि निजहरु प्राप्त गर्ने सुबिधाहरुबाट किन बन्चित गरेको त्यो पनि सार्वजनिक गर्नुपर्ने लगायतकाे नेवि संघकाे माग रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...