Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

राष्ट्रियसभा चुनाव : मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन

spot_img
spot_img

वीरगंज । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा) बीच मधेस प्रदेशमा गठबन्धन हुने भएको छ । माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन भएकाे हाे ।

बिहिबार जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर दुवै दलले गठबन्धनको घोषणा गरेका छन् । एमाले प्रदेश कमिटी अध्यक्ष रामऔतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सहमति पत्रमा हस्ताक्षर गर्दै एमालेका उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रिता यादवलाई मतदान गर्न आव्हान गरेका छन् ।

एमाले सचिव रघुवीर महासेठ, मधेस प्रदेश संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनललगायतका नेता कार्यकर्ता घोषणा कार्यक्रममा सहभागी थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...