Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

वीरगंजमा तेस्राे दिन पनि मुख्यमन्त्री र नेता साेनलकाे पुत्ला दहन

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे राजधानी जनकपुर भएपछि पर्सामा सुरु भएकाे आन्दाेलन तेस्राे दिन पनि जारी रह्याे । संयुक्त युवा विद्यार्थीले तेस्राे दिन बुधबार वीरगंजकाे घण्टाघरमा मुख्यमन्त्री लालबाबु राउत र प्रतिपक्षी दलका नेता जितेन्द्र साेनलकाे पुत्ला दहन गरेका थिए ।

मुख्यमन्त्री राजीनामा देउ, बीरगंज बेचन पाइदैन, जनकपुर राजधानी खारेज गर, वीरगंजलाई राजधानी घाेषणा गर लगायतका नारा लगाउँदै युवा, विद्यार्थीहरुले प्रदर्शनसमेत गरेका थिए ।

प्रदर्शनमा नेवि संघका सुधिर पटेल, लोसपाका युवा नेता सुजीत गिरी, युवा संघ नेपालका केन्द्रिय सदस्य एवम् पर्सा इन्चार्ज अनिल पटेल, जिल्ला अध्यक्ष भुपेन्द्र साह, राष्ट्र युवा संघ नेपालका जिला अध्यक्ष नेजाम अंसारी, प्रमोद पटेल, लोसपाका युवा राजू गुप्ता, अनेरास्ववियुका क्रान्तिकारीका जिल्ला अध्यक्ष कबीर पटेल, मेराज अंसारी, भीम यादव, श्रीलाल कुश्वहा, अनिल कुशवाहा, अनिष पटेल लगयातको सहभागिता रहेको थियो ।

यस अघि वीरगंजकाे आदर्शनगरस्थित स्विमिङ पुलमा बसेकाे पर्सा जिल्लाकाे विभिन्न राजनितिक दलकाे जन संगठन समर्पित युवा बिधार्थीकाे  बैठकले वीरगंजलाई राजधानी बनाउन जारी आन्दाेलनलाई निरन्तरता दिने निर्णय गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...