Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार गर्ने पटेल रिहा

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गर्ने व्यक्ति रिहा भएका छन् । प्रदेश राजधानी जनकपुर तोकिएपछि निस्केको नेपाली कांग्रेसकाे विरोध प्रदर्शनकाे क्रममा मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार गरेकाे आराेपमा पक्राउ परेका नेवि संघ पर्साका जिल्ला समिति सदस्य सुमन पटेल आज विहान रिहा भएका हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ निवासी २६ वर्षीय  पटेल रिहा भएपछि वीरगंज राजधानीकाे लागि आन्दाेलन गर्दै आएकाे समुह उनलाई फुल माला लगाएर स्वागत गरेका थिए । ढुंगा प्रहारबाट मुख्यमन्त्रीको घरको सिसा फुटेको थियाे ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले पक्राउ गरेका पटेलविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको जनाएकाे थियाे । तर पक्राउ परेकाे पटेललाई रिहा गर्न चाैतर्फी दबाव पुगेपछि प्रहरीले एक दिन मै उनलाई छाेडेकाे हाे ।

पटेललाई स्वागत गर्न जिल्ला प्रहरी कार्यालय पर्सामा नेपाली कांग्रेसका वीरगंज महानगर अध्यक्ष भाेला प्रसाद कलवार, नेवि संघका पूर्व केन्द्रिय सदस्य सुधिर पटेल, नेता ओमप्रकाश गुप्ता, विजय सहनी, विवेक कलवार, समाजवादी विद्यार्थी संघ पर्साका अध्यक्ष अजाज बाबु राँकी लगायत पुगेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...

‘युफोरिया’ तेलुगु चलचित्र, कथा भने हाम्रै समाजको

हिजो राति करिब १२:३० बजेसम्म तेलुगु चलचित्र Euphoria हेरेर सकाएँ। चलचित्र सकियो, मैले आफ्नो मोबाइलको स्क्रिन समेत बन्द गरे, तर मेरो मनमा त्यो चलचित्र...

मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेस बरामद, वीरगञ्जका एक पक्राउ

वीरगञ्ज । वीरगञ्ज–रक्सौल जोड्ने ऐतिहासिक मितेरी पुलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको...